दैनिक बढ्दै कोरोना संक्रमितको सङ्ख्या, २४ घण्टामा ३८९९ जना संक्रमित !

काठमाडौँ – नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या(पिसिआर मार्फत)  ६ लाख ८५ हजार ६७३ पुगेको छ ।

थप १२ हजार ६५५ जनाको पिसिआर परीक्षण तथा ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट २ हजार ७२६ तथा एन्टिजेनबाट एक हजार १७३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ४७ हजार ७९ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ७७४ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ७७४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४७५, ललितपुरमा १६७ तथा भक्तपुरमा १३२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२० सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २० सङ्क्रमितको मृ-त्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७५८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१६:४६

नेपालमा पब्जी र फ्री-फायर बन्द गर्न प्रतिनिधिसभा बैठकमा माग !