उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

काठमाडौँ – उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ ।

न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो ।

उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८२१:२६

‘मृत्यु’ भयो भनिएका विजय शाही कालिकोटमा भेटिए, आफैले हल्ला फिजाएको स्वीकार!