काठमाडौँ, पछिल्लो समय ‘मेमोरी किङ्ग’ भनेर सामाजिक संजालमा चर्चा कमाएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले यसबारे खोजविन गर्दा उनि कालिकोट, महावै गाउँपालिकास्थित घरमै भेटिएका छन्।
काठमाडौं प्रहरी स्रोतको अनुसार सामाजिक संजालमा शाहीको मृत्युबारे सार्वजनिक भएको सामग्री खबर झुटो रहको खुलेको छ। फेसबुक तथा टिकटकमा शाहीको मृत्यु भन्दै पोस्ट आएपछि प्रहरीले यस घटनाको खोजविन गरेको थियो। शाहीले आफुलाई निकै तनाव भएका कारण मरेको हल्ला फिँजाएको स्विकार गरेका छन्।
शाही निकट व्यक्तिहरुले नै उनको मृत्यु भएको भन्दै फेसबुकमा फोटो समेत राखी पोष्ट गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
आफुलाई ‘मेमोरी किङ’ भएको दाबी गर्ने शाहीले चर्चामा आउन विभिन्न फण्डा अपनाउदै आएका थिए। तर केहि दिनअघि एक अन्तर्वार्ता आएसंगै उनि झुठो भएको सार्वजनिक भएको थियो। त्यसपछि उनि काठमाडौँबाट भागेका थिए। साथै शाहीमाथि थुप्रै ठगीको आरोप लागेको छ तर उनीमाथि प्रहरीमा औपचारिक उजुरी परेको छैन ।

