मानिसलाई मात्र नभएर यमराजलाई पनि झुक्काए भन्दै उड्यो विजय शाहीको मजाक !

काठमाडौँ । पछिल्लो समय ‘मेमोरी किङ्ग’ भनेर सामाजिक संजालमा चर्चा कमाएका विजय शाहीको मंगलबार बलुका मृ-त्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा आयो। केहि समय अगाडी मात्र अमेरिकी मेमोरी च्याम्पियन नेल्सन डेरिसलाई दिएको अन्तर्वार्ता निकै चर्चामा आयो।

उक्त भिडियो सार्वनजिक भएपछि विजय फेक भएको धेरैले प्रमाण सहित पुष्टि गरे। जसपश्चात् स्वयम् नेल्सनले पनि शाहीले आफूलाई झुक्कएको भन्दै सामाजिक सञ्जालमा आए। त्यसपछि, विजय काठमाडौँ छाडेर आफ्नै घर कालिकोट पुगेको बताइन्छ। काठमाडौँ छाडेर कालिकोट पुगेका विजयको ज्यान गरेको खबर मंगलबार साँझ एकाएक सामाजिक सञ्जालमा फैलियो।

शाही निकट व्यक्तिहरुले नै उनको ज्यान गएको भन्दै फेसबुकमा फोटो समेत राखी पोष्ट गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। तर प्रहरीले उनकै घरमा गएर अनुसन्धान गर्दा उनी कालिकोट, महावै गाउँपालिकास्थित निजी निवासमै फेला परेको प्रहरीले जनाएको छ। जसपछि सामाजिक सञ्जालमा विजयको झनै ट्रोल बन्दै गएको छ।

कतिपय मानिसले विजयले मानिसलाई मात्र नभएर यमराजलाई समेत झुक्कएको भन्दै सामाजिक सञ्जालमा विभिन्न पोस्ट तथा ट्रोल गरेका छन्। त्यस्तै, केहि मानिसले विजयले नेपालीलाई यसरी झुक्काए कि अब उनको मृ-त्युको खबर आउँदा पनि विश्वास नलाग्ने भन्यो भनेका छन्। उनको यस झुटो खबर पनि उनी पुनः एकपटक चर्चामा आएका छन्।

प्रहरीको अनुसन्धानमा शाहीले आफुलाई निकै तनाव भएका कारण यस्तो हल्ला फिँजाएको स्विकार गरेका छन्। पहिलो पटक आफूसँग २६ शब्दको एक फर्मुला रहेको भन्दै चर्चित युट्युबर भाग्य न्यौपानेको च्यानलबाट भाइरल बएका उनी पछिल्लो समय भने आफूसँग दिब्य शक्ति भएको दाबी गर्दै आएका थिए। शाहीमाथि थुप्रै ठगीको आरोप लागेको छ तर उनीमाथि प्रहरीमा औपचारिक उजुरी परेको छैन ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१०:३२

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर गयो ज्यान !