अगस्त महिनाभर तीन मूख्य ग्रहका ४ परिवर्तन, ४ राशिलाई सबै भन्दा बढी लाभ ! कुन-कुन ?

जुलाई महिनाको अन्तिम समय चलिरहेको छ। केहि दिनमै अगस्त महिना शुरु हुनेछ। अन्य महिना झैं अगस्त महिनामा ग्रहचक्रमा विभिन्न परिवर्तन हुनेछन्। महिनाभर हुने विभिन्न ग्रहको राशि परिवर्तनले हरेक राशिमा भिन्न-भिन्न प्रभाव पर्नेछ।

ज्योतिष शास्त्रका अनुसार ग्रहचक्रमा हुनेव परिवर्तनले नै एक व्यक्तिको कुण्डलीमा प्रभाव पार्छ। अगस्त महिनाभर मूख्य तीन ग्रहले राशि परिवर्तन गर्ने ज्योतिषीहरु बताउँछन् । कुन ग्रहको राशि परिवर्तन कहिले छ ? हेर्नुहोस् केहि जानकारी –

ग्रहचक्रमा महिनाभर केके परिवर्तन हुन्छन् ?

सूर्य

सूर्यको राशि परिवर्तन हरेक महिना हुने गर्छ। सूर्यको राशि परिवर्तनकै आधारमा हिन्दु महिना(वैशाख-चैत) निर्धारण हुने गर्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेसँगै नयाँ महिना लागेको मान्ने चलन छ। सूर्यको राशि परिवर्तन अगस्त महिनाको १७ तारिखमा परेको छ। अगस्त १७ राति १ बजेर २० मिनेट पश्चात सूर्य कर्कट राशि छाडेर सिंह राशिमा प्रवेश गर्नेछ । सूर्य त्यस अवस्थामा १७ सेप्टेम्बर सम्म रहनेछ।

चन्द्र

चन्द्र लगभग सवा दुई दिनमा राशि बदल्ने गर्छ। सबै ग्रहहरु भन्दा छिटो राशि परिवर्तन गर्ने हुँदा चन्द्रले राशिचक्रमा पार्ने प्रभाव पनि सवा दुई दिनमा परिवर्तन हुने गर्छ।

बुध

कुण्डलीमा बुधको उपस्थितले मानिसहरुलाई विद्वान बनाउँछ। अगस्त महिनामा सबै भन्दा पहिला बुधको राशि परिवर्तन परेको छ । बुध अगस्त ९ मा सिंह राशिमा प्रवेश गर्नेछ । बुध त्यस अवस्थामा २६ अगस्त सम्म रहनेछ । २६ अगस्तमा बुधले पुनः राशि परिवर्तन गर्नेछ  । त्यस दिन पश्चात बुध कन्या राशिमा रहनेछ।

शुक्र

जीवनमा सुख र समृद्धि शुक्रको शुभ प्रभावबाट मिल्ने गर्छ। शुक्रले अगस्त ११ मा राशि परिवर्तन गर्नेछ  । त्यसदिनबाट कन्या राशिमा शुक्र विराजमान हुनेछ। शुक्र त्यस अवस्थामा सेप्टेम्बर ६ तारिख सम्म रहनेछ।

मेष राशि

ग्रहहरुले गर्ने परिवर्तनका आधारमा अगस्त महिना मेष राशि हुनेहरुका लागि धेरै शुभ रहने देखिन्छ। महिनाभर हुने ग्रहका परिवर्तनले मेष राशिको पक्षमा परिणाम दिनेछन्। पहिल्ला केहि महिना देखि रहेका समस्या देखि छुटकारा मिल्नेछ। आर्थिक रुपमा फाइदा बढ्नेछ। गत महिनाहरुमा गरिएका लगानीले प्रतिफल दिन शुरु गर्नेछन्। रोजगारको क्षेत्रमा समेत महिना शुभ देखिन्छ। स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन होलान्। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने मौका मिल्न सक्ने सम्भावना समेत रहेको छ।

 

मिथुन राशि

महिना मिथुन राशि हुनेहरुका लागि धेरै लाभदायक रहने देखिन्छ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर दिलाउनेछ। पूराना कार्यबाट पनि उल्लेख्य लाभ मिल्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने महत्वपूर्ण कार्यको थालनी गर्न सफल भइनेछ। सरकारी क्षेत्रबाट रहेर बाधा अड्चन समेत हटेर जाने देखिन्छ। महत्वपूर्ण यात्राको अवसर जुर्ला।

सिंह राशि

महिनाभर हुने ग्रहहरुको परिवर्तन सिंह राशि हुनेहरुलाई धेरै लाभदयाक सावित हुनेछन्। सबै ग्रहको परिवर्तन सिंह राशि हुनेहरुलाई लाभ दिलाउन तर्फ लाग्नेछन्। सोचेका सम्पूर्ण कार्य सफल हुनेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। गार्हो भन्दा गार्हो प्रतिस्पर्धामा समेत सहज सफलता मिल्ने देखिन्छ।

तुला राशि

अगस्त महिना तुला राशि हुनेहरुका लागि विभिन्न तवरले लाभदायक रहनेछ। रोजगारमा रहनेहरुका लागि महिना धेरै नै शुभ रहने देखिन्छ। रोजगारको शिलशिलामा हुने यात्रा अर्थपूर्ण रहनेछ। सोचेभन्दा धेरै राम्रा प्रतिफल प्राप्त हुनेछन्। आर्थिक समस्याहरुबाट सहजै छुटकारा मिल्नेछन्। कर्मयोगले नयाँ मोड लिँदा मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१२:४०

अबको पाँच वर्षसम्म यी राशिमा चल्नेछ शनिको महादशा, जीवनमा आउनेछ अनेक कष्ट !