अहिलेको समयमा कुनै पनि खेलाडी क्लबमा भित्र्याउनु पूर्व वा कुनै ट्रान्सफर अघि निकै खुब रिसर्च हुने गर्छ। कुनै पनि क्लबले आफूले टार्गेट गरेको खेलाडी माथि महिनौं देखि नजर राखेको हुन्छ: उक्त खेलाडीको विकास कस्तो छ, क्षमता कस्तो छ।
क्लबले खेलाडीको मैदानमा प्रदर्शन मात्र नभएर लक्षित खेलाडीको इन्जुरी इतिहास, व्यक्तित्वका साथै व्यक्तिगत जीवनमा समेत निगरानी गरेर कुनै ट्रान्सफरमा हात हाल्छन्। हुन त कुनै खेलाडीमा करोडौं खर्च गर्नु अघि त्यति गर्नु स्वाभाविक नै हो। तर पनि कतिपय ठूला ट्रान्सफर कसरी फ्लप हुन्छन् भन्ने कुरा आश्चर्यजनक छ।
जति सुकै खोज र रिसर्च गरेपनि नयाँ खेलाडीले नयाँ वातावरण र नयाँ क्लबमा कस्तो प्रदर्शन गर्छ भन्ने कसैले पनि भविष्यवाणी गर्न सक्दैन। वर्षौं देखि हामीले केहि ठूला ट्रान्सफर फ्लप भएको देख्दै आएका छौं। तर फुटबल इतिहासमा सबैभन्दा खराब ट्रान्सफर कुन हो त ?
९० मिन ले यस प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ। उनीहरुले सबैभन्दा खराब मात्र नभएर टप ३० खराब ट्रान्सफरको सूची तयार गरेका छन्। त्यसका लागि उनीहरुले मुख्यतय ४ कारकमा ध्यान दिएका छन्: खेलाडीको मूल्य लागत, बिक्रि गर्ने मूल्य (वा घाटा), व्यक्तिगत प्रदर्शन र मैदान बाहिरका केसहरु। तर आज हामी भने टप १० खराब ट्रान्सफरको बारेमा मात्र चर्चा गर्दैछौँ।
यी हुन् फुटबल इतिहासकै सबैभन्दा खर्ब टप १० ट्रान्सफर
१०. गाएजका मेन्डीएटा (भ्यालेन्सिया बाट लाजियो, २००१)

ट्रान्सफर फी: ४८ मिलियन
९. ज्लाटान इब्राहिमोभिक (इन्टर मिलान बाट बार्सिलोना, २०१०)

ट्रान्सफर फी: ५९ मिलियन + सामुएल इटो
८. एन्ड्री सिभचेनको (एसी मिलान बाट चेल्सी, २००६)

ट्रान्सफर फी: ३० मिलियन
७. ड्यानी ड्रिंकवाटर (लेसेसटर सिटी बाट चेल्सी, २०१७)

ट्रान्सफर फी: ३५ मिलियन
६. एलेक्सिस सान्चेज (आर्सनल बाट म्यानचेस्टर युनाइटेड, २०१८)

ट्रान्सफर फी: हेनरिक मिकीतारियनसँग सट्टा-पट्टा
५. केपा अरिजाबालागा (एथलेटिक बिलबाओ बाट चेल्सी, २०१८)

ट्रान्सफर फी: ७२ मिलियन
४. कार्लोस टेभेज (बोका जुनियार्स बाट सांघाई सेनहुआ, २०१६)

ट्रान्सफर फी: १६ मिलियन
३. उसमाने डेम्बेले (बोरुसिया डर्टमण्ड बाट बार्सिलोना, २०१७)

ट्रान्सफर फी: १०५ मिलियन (बोनसका साथ १४५ मिलियनसम्म)
२. फिलिपे कौटिन्हो (लिभरपुल बाट बार्सिलोना,२०१८)

ट्रान्सफर फी: १०५ मिलियन (बोनसका साथ १४२ मिलियनसम्म)
१. एडेन हाजार्ड (चेल्सी बाट रियल म्याड्रिड, २०१९)

ट्रान्सफर फी: १०० मिलियन (बोनसका साथ १४६ मिलियनसम्म)

