एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् यी बलिउड अभिनेत्री !

बलिउडमा सफल हुने हरेक मानिसको सपना हुन्छ। बलिउड फिल्म क्षेत्रमा काम गर्नैको लागि मानिसले आफ्नो पूरा जीवन नै त्यस क्षेत्रमा समर्पण गरेका हुन्छन्। भनिन्छ यस क्षेत्रमा भाइ-भतिजाबाद चल्ने गर्छ। तर यहि क्षेत्रमा एक-अर्कासँग कट्टर दुश्मनी राख्ने स्टारहरुको पनि कुनै कमी छैन।

कोहि त भन्दा मा उत्कृष्ट भन्ने सोचले एक-अर्काको शत्रु बन्न पुगे भने कोहि प्रेम सम्बन्धका कारण एक-अर्कालाई हेर्न पनि चाहँदैनन्। आज हामी तपाईंलाई यस्ता नायिकाहरुको बारेमा बताउँछौं जो एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न मन पराउँदैनन्….

सोनाक्षी सिन्हा र जरिन खान 

दबंग गर्ल सोनाक्षी सिन्हा र अभिनेत्री जरिन खान बीच पनि राम्रो सम्बन्ध छैन। सलमान खानको फिल्म ‘रेडी’ एक गीत विमोचन कार्यक्रममा जरिनको छेउबाट हुँदै गर्दा सोनाक्षीले उनलाई हल्का धक्का दिएकी थिइन्। जसको कारण यी दुई अभिनात्री अहिले एक-अर्कालाई फुटेको आँखाले पनि देख्न सक्दैनन्।

दीपिका पादुकोण र कट्रिना क्याफ 

कुनै समयमा असल मित्र रहेका यी दुई अभिनेत्री बीच झगडाको कारण बने अभिनेता रणबीर कपूर। यी दुबै नायिका रणबीरका पूर्व प्रेमिका हुन्। कट्रिनाको कारण दीपिका र रणबीरको ब्रेक-अप भएको भन्ने खबर पनि मिडियामा नआएको हैन।

रानी मुखर्जी र ऐश्वर्य राय 

फिल्म ‘बन्टी और बबली’ को सुटिङताका अभिषेक र रानी बीच बढेको निकटता नै यी दुई बीचको सम्बन्धमा फाटो ल्याउन काफी रह्यो। यी दुइ नायिका बीचको दुश्मनी बलिउडमा निकै चर्चित छ।

कंगना र प्रियंका चोपडा 

प्राय: कुनै न कुनै कारण विवादमा रहिरहने अभिनेत्री कंगना र देशी गर्ल प्रियंका बीच पनि राम्रो सम्बन्ध छैन। प्रियंका र कंगना बीच फिल्म ‘फेसन’ को सुटिङका क्रममा विवाद उत्पन्न भएको बन्ने गरिन्छ।

प्रियंका चोपडा र करीना कपूर 

बलिउडका दुई सफल अभिनेत्री प्रियंका चोपडा र करीना कपूर बीच पनि राम्रो सम्बन्ध छैन। फिल्म ‘ऐतराज’ मा प्रियंकाको भूमिकाको कारण आफू ओझेलमा परेको महसुस गरेकी करीनाले त्यसपछि प्रियंकासँग राम्रो मित्रता राख्न खोजिनन्। जसपश्चात् अहिलेसम्म पनि यी दुई बीच मनमुटाव रहेको बताइन्छ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१७:००

यस्तो छ सुशान्त सिंहको मृ-त्युमा आधारित फिल्मको ट्रेलर, कहिले रिलिज हुने ? [भिडियो सहित]