यस्तो छ सुशान्त सिंहको मृ-त्युमा आधारित फिल्मको ट्रेलर, कहिले रिलिज हुने ? [भिडियो सहित]

दिवंगत बलिउड अभिनेता सुशांत सिंह राजपूतको निधनमा आधारित चलचित्र ‘न्याय: द जस्टिस’ लामो समयदेखि चर्चामा रहेको छ। यस फिल्मको रिलीजमा रोक लगाउनको लागि अधिवक्ता विकास सिंहले अदालतमा लामो लडाई समेत लडे। तर दिल्ली उच्च अदालतले यस फिल्मको रिलीजमा रोक लगाउन अस्वीकार गरेको छ। ‘न्या: द जस्टिस’ अब सिनेमा घरहरूमा रिलीज हुने पक्का भएको छ।

फिल्म निर्माता राहुल शर्मा दिल्ली उच्च अदालतले फिल्म रिलीज गर्न रोक गर्नुपर्ने मुद्दा खारेज गरेपछि निकै खुसी देखिए। उनले भने,”हामीलाई सिस्टममा पूर्ण विश्वास थियो कि न्याय पक्का हुनेछ। हामीले यो फिल्म पैसा कमाउनको लागि बनाएका हैनौं। हामीले सत्य बाहिर आएर पीडितलाई न्याय मिलोस् भनेर यो फिल्म बनाएका हौँ।”

दिलीप गुलाटी द्वारा निर्देशित ‘नया: द जस्टिस’ को कथा पनि उनले नै लेखेका हुन्। सिनेमाघर खुल्ने बित्तिकै दर्शक माझ यो चलचित्र ल्याउने तयारी भइरहेको निर्माता राहुन शर्माले बताए। यस फिल्मको ट्रेलर गत महिना मात्र सार्वजनिक भएको थियो। ट्रेलर देखेर सुशांत सिंह राजपूतका फ्यानहरू निकै क्रोधित हुँदै सामाजिक सञ्जालमा उक्त फिल्मको प्रतिबन्धको माग गरेका थिए।

ट्रेलर रिलीज हुनु अघि नै सुशांतका बुबा केके सिंहले फिल्म माथि प्रतिबन्ध लगाउनको लागि दिल्ली हाईकोर्टमा निवेदन दिएका थिए। तर, अदालतले उनको निवेदन अस्वीकार गरेको छ।

प्रकाशित : बिहिबार, साउन १४, २०७८११:५५

पत्नी शिल्पासंग दुखि राजले गरेका थिए यी अभिनेत्रीमाथि यौ-न शोषण, गरिन यस्तो खुलासा!