आजबाट खुल्यो यस कम्पनीको आइपिओ, कति कित्तासम्म दिने आवेदन?

काठमाडौँ – आजबाट मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) बिक्री खुला गरेको छ। मैलुङ खोलाको आइपिओ सर्वसाधारणका लागि बिहिबार देखि बिक्री खुला भएको हो।

प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। त्यस मध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपिओ छिटोमा साउन १८ सम्मका लागि बिक्रीमा रहनेछ भने पूरा आवेदन नपरेको खण्डमा ढिलोमा साउन २८ गतेसम्म समय बढाइनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रबन्धकबाट पनि आइपिओका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित : बिहिबार, साउन १४, २०७८१३:२२

शेयर बजारको नयाँ कीर्तिमान: यस्तो छ एक हप्ताको कारोबार!