बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा केहि दिन अगाडी पक्राउ परेका थिए। अ-श्लिल फिल्म बनाएर प्रशारण गरेको आरोपमा पक्राउ परेका व्यवसायी राज कुन्द्राको समस्या बढ्दै गएको छ।
हालै उनको एक पार्टनर पनि पक्राउ परेका छन्। साथै केहि अभिनेत्री तथा मोडलहरुले पनि राजमाथि गम्भीर आरोप लगाएका छन्। जसमध्ये एक नाम अभिनेत्री शर्लिन चोपडाको पनि छ। शर्लिनले पो-नोग्राफी मामिलामा आफ्नो बयान दिदै राज र शिल्पाबारे ठुलो खुलासा गरेकी छिन्।

शर्लिनले राज कुन्द्रामाथि यौ-न शोषणको आरोप लगाएकी छिन्। शर्लिन चोपडाको अनुसार राज कुन्द्राको म्यानेजरले उनलाई २०१९ सालको सुरुवातमा मिटिंगको लागि बोलाएको थियो।
२७ मार्च २०१९ मा एक बिजनेस मिटिंग गरेपछि एक म्यासेजलाई लिएर शर्लिन र राजको कडा बहस भएको शर्लिनले दाबी गरेकी छिन्। त्यसपछि उनि राजलाई सूचना नदिई उनकै घरमा पुगिन्। जुन समयमा राजले उनलाई जबर्जस्ति कि-स गर्न कोशिस गरेका थिए । तर शर्लिनले राजलाई वाश रूममा धकेलेर भाग्न सफल भईन।

श्रीमती शिल्पासँगको सम्बन्धमा खटपट:
शर्लिनले यो दाबी गरेकी छिन् कि शिल्पा र राजको सम्बन्ध लामो समयदेखि राम्रो चलिरहेको थिएन। किनकि उनले शिल्पासंगको सम्बन्धलाई लिएर प्रश्न गर्दा जवाफमा राजले भने, ‘यो धेरै जटिल छ र उनि घरमा धेरैजसो समय तनावमा रहन्छिन्।’ शर्लिनले स्पष्ट रूपमा भनिन कि ‘उनी न त कुनै विवाहित मानिससँग सम्बन्ध राख्न चाहन्थिन्, न त बिजनेसमा समावेश गर्न चाहन्थिन्।’

