लगातार ३ दिन तीन हजार भन्दा बढी संक्रमित भेटिए, उपत्यकामा उच्च संक्रमण !

काठमाडौँ – नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या(पिसिआर मार्फत)  ६ लाख ९० हजार ६४२ पुगेको छ ।

थप ९ हजार ५५५ जनाको पिसिआर परीक्षण तथा ४ हजार ६८७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट २ हजार ३३५ तथा एन्टिजेनबाट एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ५० हजार ४४५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ८६० सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ७७४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ५९७, ललितपुरमा १५५ तथा भक्तपुरमा १०८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१६ सङ्क्रमितको मृ-त्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृ-त्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८०७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : बिहिबार, साउन १४, २०७८१६:३४

झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु !