ओरालो लाग्यो नेप्से, यी पाँच कम्पनीका शेयर मूल्य ह्वात्तै घटे !

काठमाडौँ – कारोबार हुने अन्तिम दिन आज बिहिबार नेप्से परिसुचक ओरालो लागेको छ । बुधबार अहिले सम्मकै उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक १५.११ अंकले ओरालो लागेर ३०७९.८३ विन्दुमा कायम भएको हो।

आज कुल २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रूपैयाँ बराबरमा कारोबार भएको बताइएको छ।

आज होटल तथा पर्यटन र विकास बैंक समूह मात्रै उकालो लागेका छन् । होटल तथा पर्यटन समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले उकालो लागेको छ । आज बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले ओरालो लागेका छन् ।

आज पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ। गुडविल फाइनान्सको शेयरमुल्य ७.३३ प्रतिशत,माउनटेन हाइड्रोको ६.१७ प्रतिशत, जानकी फाइनान्सको ५.५० प्रतिशत,जोशी हाइड्रोपावर डेभलपमेन्टको ३.७३ प्रतिशत र श्री इन्भेष्टमेन्टको ३.६६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबारको अन्तिम समय सम्म आइपुग्दा गुडविल फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रु.७९७, माउनटेन हाइड्रोको रु.५५४, जानकी फाइनान्सको रु.६०१, जोशी हाइड्रोपावर डेभलपमेन्टको रु.३६१ र श्री इन्भेष्टमेन्टको रु.५२६ कायम भएको छ।

प्रकाशित : बिहिबार, साउन १४, २०७८१६:५२

कहाँबाट कति खोप, कति आउन बाँकी ?