एजेन्सी – बलिउडका दिग्गज कलाकार संजय दत्तको जन्म सन् १९५९ जुलाई २९ मा भएको थियो। आज उनी आफ्नो ६२ औं जन्मदिन मनाइरहेका छन्। जन्मदिनको अवसरमा चलचित्र ‘केजीएफ च्याप्टर २’ को पोस्टर समेत सार्वजनिक भएको छ। पोस्टर संजय आफैंले सार्वजनिक गरेका हुन्।
धेरै नै राम्रो चर्चा बटुल्न सफल केजीएफको दोस्रो भागमा संजय पनि देखिँदैछन्। संजय चलचित्रको मूख्य पात्र ‘अधिरा’को भूमिकामा देखिनेछन्। संजयले जन्मदिनको अवसर पारेरे पोस्टर सार्वजनिक गर्दै सबैमा धैर्य गर्न आग्रह गरेका छन्। चलचित्रको पर्खाइमा सबै दर्शक रहेको उल्लेख गर्दै उनले प्रतिक्षाको फल मिठो हुने दावी पनि गरेका छन्।
“जन्मदिनको न्यानो शुभकामनाका लागि सबैलाई धन्यवाद। केजीएफ च्याप्टर २’ को काम आश्चर्यजनक रह्यो। मलाई थाहा छ तपाइँहरु लामो समय देखि फिल्म प्रतिक्षामा हुनुहुन्छ। म तपाईहरुलाई आश्वास्त पार्न चाहन्छु कि चलचित्र पर्खाइको लायक हुनेछ।”,पोस्टर सार्वजनिक गर्दै संजयले इन्स्टाग्राममा लेखेका छन्।
चलचित्र केजीएफ सन् २०१८ मा रिलिज भएको थियो। चलचित्रको पहिलो भागमा यशको अभिनयले सबैको मन जितेको थियो। चलचित्रको दोस्रो भाग कोरोना महामारीका कारण सबैमा रिलिज हुन सकिरहेको छैन। पहिला छायाँकनका क्रममा कठिनाई खेपेको चलचित्रले अहिले रिलिज गर्न कठिनाई खेपिरहेको छ।
चलचित्रको दोस्रो च्याप्टरमा यशका अलावा संजय दत्त, रवीना टंडन, श्रीनिधि शेट्टी, प्रकाश राज, मालविका अविनाश र अच्युत कुमार जस्ता कलाकार मूल्य भूमिकामा देखा पर्दैछन्।

