के तपाईको नुहाएपछि छाला फुस्रो हुन्छ ? त्यसोभए अपनाउनुस् यी ५ उपाय !

काठमाडौ । प्राय मानिसहरुको नुहाएपश्चात अनुहार र शरिरको छालो फुस्रो हुन्छ । त्यसपछि मानिसहरु कसरी नरम र चम्किलो छाला बनाउने भनेर विभिन्न कस्मेट्रिक औषधीको प्रयोग गरिरहेका हुन्छन् । तर अब त्यसो गर्नु पदैन्, यदि तपाईको पनि छाला फुस्रो हुने समस्या छ भने यी ५ उपाय अपनाउनुस् , ठिक हुन्छ ।

१.मस्चराइजर लगाउने
यदि तपाईको पनि नुहाएपछि छाला फुस्रो हुने समस्या छ भने नुहाएपछि तत्कालै मस्चराइजर क्रिम लगाउनु पर्छ । जसले शरिर तथा अनुहारको छालामा भएको फुस्रोपना हटाई चमकता ल्याउछ ।

२.नुहाउदा चिसो पानीको प्रयोग
यदि हामीले नुहाउदा तातोपानीको प्रयोग गयौ भने छालामा फुस्रोपना आउँछ । किनभने तातोपानीले छालामा भएको तेल नष्ट गर्दछ । त्यसैले चिसो पानीको प्रयोग गरेर नुहाउनुपर्छ ।

३.आयुर्वेदिक साबुनको मात्र प्रयोग
यदि हामीले नुहाउदा जुनसुकै साबुनको प्रयोग गरेमा त्यसमा मिसाएको केमिकलले छाला फुस्रो हुन्छ । त्यसैले आयुर्वेदिक (घ्युकुमारी तथा निम मिश्रीत) साबुनको मात्र प्रयोग गरेर नुहाउनुपर्छ ।

४. नुहाउनुअघि पानीमा तेल मिसाउने
यदि नुहाउनुअघि पानीमा केही जैतुन र बदामको तेलको थोपा राखेर नुहाएमा छाला नरम र सुन्दर हुन्छ ।

५.हप्तामा ३ पटक हन्नी प्याकको प्रयोग
यदि तपाईको नुहाएपछि छालो फुस्रो हुन्छ भने हप्तामा ३ पटक मह र दहीको प्याक बनाई लगाउनुपर्छ । जब यो सुक्छ , त्यसपछि पानीले पखाल्दा छालामा नसोचेको सुन्दरता र कोमलता आउनेछ ।

प्रकाशित : बिहिबार, साउन १४, २०७८२०:४०

बहुगुणी अमला: नियमित खाँदा मिल्छन् यस्ता नसोचेका फाइदा !