चोटबाट फर्किएका भान डाइकले पहिलो खेलमा नै गरे नमाज्जाले आफ्नो बेइज्जत [भिडियो सहित]

लिभरपुल स्टार भर्जिल भान डाइक करिब ९ महिनापछि मैदानमा फर्किएका छन्। गत सिजन एभर्टन विरुद्धको खेलमा चोटिल भएका डच डिफेन्डरको चोटपछिको पहिलो खेल भने त्यति खास रहेन।

३० वर्षीय डिफेन्डरको टोली जर्मन टिम हेर्था बर्लिनसँग ४-३ ले पराजित हुँदा भान डाइकले पनि खेलको क्रममा लज्जास्पद क्षण देख्नु पर्यो। पूर्व म्यानचेस्टर सिटी स्टार स्टीभन ज्वेटिकले डच डिफेन्डरलाई नमज्जाले छक्याउँदै बर्लिनका लागि चौंथो तथा विजयी गोल गरे।

खेलको अन्तिम २० मिनेटका लागि मैदान प्रवेश गरेका भान डाइकको अहिले सामाजिक सञ्जालमा मजाक उडिरेको छ। थुप्रै मानिसहरुले मजाक बनाईरहँदा लिभरपुल प्रशंसकले भने गत ९ महिना फुटबल नखेलेका डच खेलाडीको बचाउ गरिरहेका छन्।

प्रिमियर लिगमा पहिलो खेल अगस्ट १४ मा नर्विच सिटी रहेको लिभरपुल र भान डाइकको लागि त्यसअघि लय समात्नका लागि थप ३ प्रि-सिजन खेल बाँकी रहेका छन्।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८०८:४०

टोकियो ओलम्पिक: सकियो नेपालको यात्रा, केहि राष्ट्रिय किर्तिमान मात्र रह्यो उपलब्धि !