पति-पत्नी बीचको सम्बन्ध एक स्वच्छ सम्बन्ध मानिन्छ। सात जन्मसम्म साथ रहने बाचा-कसमका साथ जोडिएको सम्बन्धमा पनि कहिले कहिँ भने मनमुटाव पैदा हुनसक्छ। कुनै पनि सम्बन्धमा सानो-तिनो मनमुटाव हुनु सामान्य कुरा हो। तर सम्बन्धमा मिठास रहन अत्यन्त आवश्यक हुन्छ।

पछिल्लो समयमा सामाजिक सञ्जालको धेरै प्रयोग वा व्यस्त जीवनशैलीको कारण पति र पत्नी को सम्बन्धमा मिठास कायम राख्न धेरै गाह्रो हुन्छ। हामी सबैलेले कुनै पनि सम्बन्ध सुन्दर होस् भनेर नै चाहन्छौं तर समयसँगै सम्बन्धमा फिकापन आउनसक्छ। यस्तोमा आज हामी केहि उपायको बारेमा बताउँछौँ जसले तपाईंको सम्बन्धमा मिठास कायम राख्नेछ…..

घरमा दैनिक रूपमा शुद्ध घिउमा बत्ति बालनुहोस्।

झ्यालको नजिकै कहिल्यै पनि ओछ्यान नलगाउनुहोस् ।

झ्यालको छेउमा ओछ्यान कहिल्यै नराख्नुहोस्। यसो गर्दा सम्बन्धमा तनाव उत्पन्न हुन्छ। यदि यो सम्भव छैन भने निश्चित रूपमा आफ्नो सिरानी र झ्याल बीच एक पर्दा राख्नुहोस्।

साँझको समयमा बत्ति बाल्दा यो कुरा ध्यानमा राख्नुहोला कि बत्तिको दीप पूर्व वा दक्षिण दिशातर्फ फर्काएर बाल्नुहोस्। यदि तपाईं दिशाको ख्याल गर्न सक्षम हुनुहुन्न भने बत्तीको बीचमा एक बती राख्नु शुभ हुन्छ।

