बढ्यो सुनको मूल्य, आज १० दिन यताकै महँगो !

काठमाडौँ – केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। बुधबार र बिहिबार लगातार दुई दिन बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसाही महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ । जससँगै छापावाला सुनको मूल्य ९२ हजार ९ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन ९२ हजार ४ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

सुन १० दिन यताकै महँगो

नेपाली बजारमा आज कायम भएको सुनको मूल्य १० दिन यताकै महँगो रहेको छ। महासंघका अनुसार सुनको मूल्य साउन ५ गते यताकै महँगो रहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य नेपाली बजारमा आज रु १५ ले बढेको छ। जससँगै चाँदीको मूल्य १२ सय ८५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१०:४९

एकै कारागारका ३५५ कैदीलाई कोरोना संक्रमण !