होस्ट र जज बनेर लाखौं र करोडौं कमाउँछन् यी बलिउड स्टार, कसले कति कमाउँछ ?

एजेन्सी – टिभी शोहरु होस्ट गर्नु र जज बनेर बस्नु कलाकारहरुका लागि एक नयाँ करियरको रुपमा अगाडी आएको छ। कलाकारहरु रियालिटी टेलिभिजन शोहरुमा होस्ट तथा जज बनेर लाखौं-करोडौं कमाउने गर्छन्। यस मामलामा बलिउडका कलाकार अझ अगाडी छन्।

बलिउडका चर्चित भन्दा चर्चित अभिनेता-अभिनेत्री तथा गायक-गायिका होस्ट तथा जज बनिसकेका छन्। ती मध्ये धेरैले त्यसवापत करोडौं कमाउने गरेका छन्। आज हामि यहाँ टेलिभिजन शोको होस्ट अथवा जज बनेर सबै भन्दा बढी कमाउने बलिउड हस्तीहरुका बारेमा चर्चा गर्नेछौँ।

शिल्पा शेट्टी

सक्रिय अभिनय देखि टाढा रहेकी शिल्पा शेट्टी प्राय टेलिभिजन कार्यक्रमहरुमा देखिने गरेकी छन्। सुपर डान्सर शो नामक टेलिभिजन शोलाई शिल्पा शुरुवात देखि नै जज गरिरहेकी छन्। बताइएअनुसार शिल्पा ‘सुपर डान्सर ४’को लागि उनले हरेक एपिसोड बराबर १८ देखि २० लाख भारतीय रुपैंयाँ सम्म लिने गरेकी छन्।

अमिताभ बच्चन

जब अमिताभ बच्चनले ‘कौन बनेगा करोड़पति’ कार्यक्रमको होस्टिंग गर्न शुरू गरे, तब उनको पारिश्रमिक प्रतिएपिसोड २५ लाख भारतीय रुपैंयाँ थियो। एक रिपोर्टका अनुसार पछिल्लो समय उनले सो कार्यक्रमका लागि एक एपिसोडको ३ देखि ५ करोड भारतीय रुपैंयाँ सम्म लिने गरेका छन्।

माधुरी दीक्षित

अन्य बलिउड स्टारहरु जस्तै, अब माधुरी दीक्षित पनि रियालिटी शोको जज बन्न थालेकी छन्। ‘डांस दीवाने ३’ मा माधुरी जजको रुपमा देखा परेकी थिइन्। उक्त शोका लागि उनले प्रतिएपिसोड १ देखि २ करोड सम्म पारिश्रमिक लिने गरेको भारतीय संचार माध्यमहरु बताउँछन्।

नेहा कक्कड

भारतीय सिंगिंग रियलिटी शोमा नेहा अहिले एक ठुलो नाम हो। पछिल्लो समय उनी ‘इंडियन आइडल १२’को जजको रुपमा छिन्। त्यसका लागि उनले प्रतिएपिसोड ५ देखि १५ लाख सम्म मिल्ने गरेको बताइन्छ।

आदित्य नारायण

‘इंडियन आइडल’ सहित धेरै गायन रियालिटी शो होस्ट गरिसकेका आदित्यएक साक्षात्कार मा उनले ‘सारेगामापा’ को एक एपिसोड को लागी ७५०० भारतीय रुपैंयाँ पाउने गरेको खुलासा गरेका थिए। तर अहिले उनी प्रति एपिसोड २ लाख ५० हजार भारतीय रुपैयाँ चार्ज गर्छन्।

सलमान खान

सलमान भारतीय टेलिभिजनका मात्र नभई एसियाकै महँगा होस्टका रुपमा रहेका छन्। बिग बोस होस्ट गर्न थालेको एक दशक भन्दा बढी समय भइसकेको छ। शोको १४ औं सिजनमा उनले प्रति एपिसोड २० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१२:५०

पुलिसको अगाडी पति राज कुन्द्रासँग रिसाउदै शिल्पाले गरिन यस्तो प्रश्न!