करिनाले शाहरुख खान सरह डिमाण्ड गरेपछि …

एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर खान र फिल्म निर्माता करण जोहरको मित्रता बलिउडमा सबैभन्दा बलियो मानिन्छ। दुवै लामो समय देखि एक अर्काका साथी छन्। करीना र करण यति नजिक छन् कि दुवैलाई एक-अर्काका गोप्य भन्दा गोप्य रहस्य समेत थाहा छ। दुवैको मित्रता विभिन्न अन्तर्वार्ता देखि सार्वजनिक स्थानमा देख्न मिल्ने गरेको छ। तर, कुनै एक समय यस्तो पनि थियो कि दुई बीच करिब एक वर्ष सम्म बोलचाल नै भएको थिए।

कुरा त्यससमयको हो जब ‘कल हो ना हो’ चलचित्र बन्दै थियो। चलचित्र ‘मुझसे दोस्ती करोगे’ रिलिज भएको केहि हप्ता नबित्दै करणले करीनालाई फोन गरेर ‘कल हो ना हो’ अफर गरेका थिए। त्यसबेला करीनाले चलचित्रमा मूख्य भूमिका रहेका शाहरुख खानको जति पारिश्रमिक माग गरेकी थिइन्।

करीनाले महँगो पारिश्रमिक मागेपछि करण र करीना बीच मनमुटाब शुरु भएको थियो। महँगो पारिश्रमिक दिने भन्दा करणले अर्की नायिकालाई चलचित्रमा काम दिने निर्णय गरे। ती नायिका अरु कोहि नभई प्रिती जिन्टा थिइन्। चलचित्र प्रितीको पोल्टामा पुगेपछि करण र करीना बीचको सम्बन्ध झनै बिग्रिएको थियो।

करणले करीनासँग करिब एक वर्ष बोलचाल नभएको कुरा आफ्नो बायोग्राफी ‘द अनसूटेबल बोय’मा खुलेर लेखेका छन्। करणका अनुसार करीना र उनको बीचमा करिब एक वर्ष सम्म बोलचाल भएको थिएन। उनीहरु विभिन्न पार्टीहरुमा आमनेसामने हुन्थे तर बोल्न चाहिँ बोल्दैन्थे।

दुई बीचको बोलचाल ९ महिना पछि मात्र भएको करणले आफ्नो बायोग्राफी पुस्तकमा खुलाएका छन्। करणका पिता यशको उपचार चल्दै गर्दै करीनाले फोन गरेको र त्यसपछि आफूहरुको बोलचाल शुरु भएको करण बताउँछन्। त्यसपश्चात दुई बीचको सम्बन्धमा अहिले सम्म कुनै दरार आएको छैन। अहिले सम्म करणका विभिन्न चलचित्रमा करीनाले काम गरिसकेकी छन्।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१५:२६

सलमान खानसँग भिड्दै इमरान हासमी, टाइगरसँग भिड्न पूरा तयारी गर्दै !