ओलाम्पिलमा तहल्का मच्चाइरहेका रिचार्लीसन माथि रियलको नजर !

एजेन्सी – कोपा अमेरिकामा खासै प्रभाव जमाउन नसकेपनि ब्राजिलमा रिचार्लीसन टोकियो ओलम्पिकमा उच्च प्रदर्शन गरिरहेका छन्। टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्दा रिचार्लीसनको भूमिका धेरै नै महत्वपूर्ण रह्यो।

मात्र तीन खेलमा उनले अहिले सम्म पाँच गोल गरिसकेका छन्। ब्राजिलले समूह चरणको अन्तरगतको अन्तिम खेलमा साउदी अरेबियाको यु–२३ टोलीलाई ३-२ ले पाखा लगाउँदा रिचार्लीसनले २ गोल गरे।

त्यस्तै प्रतियोगिताको पहिलो खेलमा रिचार्लीसनले जर्मनीको यु–२३ टोली विरुद्ध ह्याट्रिक गरेका थिए। उक्त खेलमा ब्राजिल ४-२ को गोल अन्तरले विजयी भएको थियो। उनले आइभोरी कोस्ट विरुद्ध भने गोल गर्न सकेनन्। उक्त खेल बराबरीमा टुंगिएको थियो।

कोपा अमेरिकामा गरेको प्रदर्शनलाई भुलाउने खेल प्रदर्शन गरिरहेका रिचार्लीसन अहिले सर्वत्र चर्चाको विषय बनिरहेका छन्। प्रिमियर लिग क्लब एभर्टनका लागि खल्ने उनी केहि क्लबहरुको प्राथमिकतामा समेत पर्न थालेका छन्।

पछिल्लो समय उनी स्पेनिस महारथी रियल म्याड्रिड जाने चर्चा शुरु भएको छ। विभिन्न संचार माध्यमहरुमा अनुसार उनी माथि रियल म्याड्रिडको नजर छ।

एन्सेलोटीका कारण पनि हुन सक्छ ट्रान्सफर

गत सिजन कार्लाे एन्सेलोटीले एभर्टन सम्हालेका थिए। त्यसै कारणले गर्दा पनि रिचार्लीसन र एन्सेलोटी बीच राम्रो सम्बन्ध रहेको बताइन्छ। आफ्नो आक्रमण शैलीमा रिचार्लीसनले के-कस्तो प्रभाव पार्न सक्छन् भन्ने कुरालाई नजिकबाट देखेका एन्सेलोटीको योजना के कति सफल हुन्छ समयले नै बताउनेछ।

पछिल्लो समय प्रभावशाली प्रदर्शन गरिरहेका रिचार्लीसन सस्तैमा रियल आउने भने देखिँदैन। गोलको रिपोर्टलाई मान्ने हो भने रिचार्लीसनका लागि रियलले १ सय मिलियन डलर आसपास खर्च गर्नुपर्ने हुन्छ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१७:५३

आर्नाेल्ड लिभरपुलमै रहने ! कहिले सम्म ?