काठाडौँ । मुला प्राय धेरैको भान्सामा प्रयोग हुने गर्छ । मुलालाई कतिले सलादको रुपमा प्रयोग गर्छन् भने कतिले अचार बनाउन वा तरकारी खानको लागि पनि प्रयोग गर्ने गर्छन् । तर मुला खाँदा के फाइदा हुन्छ भन्ने बारे सायदै कमैलाई थाहा होला । मुला पायल्सको अचुक औषधी हो । पायल्स उपचारको विकल्प मुला बाहेक केही छैन् ।
नियमित रुपमा मुलाको सेवन गर्नाले पायल्सबाट सजिलै छुटकारा पाउन सकिन्छ । पायल्य एउटा यस्तो रोग हो जसले शरिरको प्रत्येक अंगलाई जलन पीडा दिन्छ । पायल्सरोगीको लागि सबैभन्दा पिडाको विषय भनेको डाक्टरलाई देखाउनु हो । तर डाक्टरको सल्लाहसँगै घरेलु उपचार सबैभन्दा उत्तम हुन्छ । पायल्सको समस्या भएका व्यक्तिले मुला खानु सबैभन्दा राम्रो हो । मुलामा पाइने फाइबर्सले स्टुललाई मुलायम पार्न सहयोग गर्छ ।
यसले पाचन पक्रियामा सहयोग पुर्याउँछ । मुलामा पाइने फाइबर्सले पायल्स हुँदाको पिडालाई कम गर्छ । पायल्स हुँदा हुने जलनलाई चिसो प्रदान गर्ने भएकाले मुला खानु उपयुक्त हुन्छ । त्यसको लागि काँचो मुला सेवान गर्नु उपयुक्त हुन्छ । मुलालाई पिसेर वा यसको रस निकालेर खानु अझ उपयोगी हुन्छ । तर मुलाको रस सेवन गर्नुपुर्व चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।
पायल्स भएको ठाउँमा जलनलाई कम गर्न पनि यसको प्रयोग गर्न सकिन्छ । यद्यपी अब त मुलाको पाउडर पनि बजारमा आउन थालेका छन् । मुलाको पाउडर पनि प्रयोग गर्न सकिन्छ । यदि तपाई मुलाको पाउडर बजारमा किन्न चाहनु हुन्न भने मुलाको पातलाई सुकाएर त्यसको चुर्ण बनाएर पनि प्रयोग गर्न सकिन्छ । एक महिनासम्म नियमित मुलाको सेवन गर्दा धेरै परिवर्तन पाउन सकिन्छ ।

