टाउको दुख्ने समस्या छ ? त्यसोभए यी ५ घरेलु उपाय अपनाउनुस् !

काठमाडौ । धेरै मानिसहरुमा चिन्ता ,कामको चाप र अन्य कारणहरुले गर्दा टाउको दुख्ने समस्या हुन्छ । तर मानिसहरु साधारण टाउको दुखाईमै पेन किलर’ तथा ‘एन्टिवायोटिक’औषधी खाने गर्छन् । यसले हामीलाई साइड इफेक्ट पन सक्छ । किनभने टाउको भनेको हाम्रो संवेदनशील अंग हो । त्यसैले यदि तपाईको पनि बारम्बार टाउको दुख्ने समस्या छ भने यी ५ घरेलु उपाय अपनाउनुस् ,ठिक हुन्छ ।

तेल  नरिवल र बदामको तेल मिसाएर टाउको मसाज गर्दा पनि टाउको दुखेको निको हुन्छ । अर्थात पिपरमेन्ट र युकेलिप्टसको तेल पनि प्रयोग गर्न सकिन्छ ।

गाईको दूध  प्रत्येक दिन गाईको दूध मन तातो बनाएर पिउदा पनि टाउको दुखेको निको हुन्छ । त्यसका लागी ल्वाङमा नुन मिसाएर चुर्ण बनाउने र गाइको दुधमा मिसाएर टाउको मालिस गर्दा पनि फाइदाजक हुन्छ ।

कागतीको रस,  टाउको दुखेको बेलामा आधा गिलास तातो पानीमा कागतीको रस मिसाएर पिउदा पनि निको हुन्छ ।

धनियाँ र चिनी  यदि तपाईको ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको र चिनी मिसाएर झोल पिउँदा पनि निको हुन्छ ।

अदुवाको चिया  अदुवाको चिया टाउको दुखेको समस्या भएकाहरुको लागी अचुक औषधी हो । साथै कफी पिउदा पनि लाभदायक हुन्छ ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१९:१०

थप तीन हजार ६११ मा सङ्क्रमण पुष्टि, २७ जनाको निधन !