३३ किलो सुनकाण्डका फरार प्रतिवादी ‘भोजे मामा’ पक्राउ

काठमाडौँ – तेत्तिस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।

अवैधरुपमा मदिरा उत्पादन गर्ने चिनियाँ पक्राउ

यसैबीच अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५६ वर्षीय सी झिवीलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गरी अवैध मदिरा उत्पादन तथा बिक्री गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । उक्त होटलबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका ११३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरासमेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८२२:०६

बीच सडकमा प्रहरीसँग पारसको दादागिरी: भन्छन ‘म कहिल्यै हेल्मेट लगाउदिन थाहा छ नि हैन?’