तुला राशि
महिना तुला राशि हुनेहरुका लागि कष्टकर रहने देखिन्छ। जीवनमा विभिन्न प्रकारका समस्या आइपर्नेछन्। सामान्य कार्य सफल गराउन पनि धेरै मिहिनेत गर्नुपर्नेछ। आर्थिक रुपमा महिना सामान्य रहनेछ। खर्चमा नियन्त्रण राख्न सकेको खण्डमा ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने छैन। अनावश्यक कार्यमा समय वर्वाद हुन सक्छ। महिनाको अन्त्यमा भने अवस्थामा सुधार हुनेछ। अन्तिम हप्तामा आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउन पनि सकिएला।
वृश्चिक राशि
सकारात्मक ऊर्जाको कमी रहला। स्वास्थ्यमा पनि महिनाभर खासै राम्रो रहने देखिँदैन। बोलि तथ्य व्यवहारमा नियन्त्रण नहुँदा अनावश्यक झमेला खडा होला। यात्रा गर्नको लागि पनि महिना खसिया सुखद छैन। शत्रु समेत हावी हुने महिना रहेको छ। परिवार तथा आफन्तजनबाट उचित सहयोग मिलेमा भने केहि समस्याहरु दूर हुनेछन्। कलाकारहरुका लागि भने महिना राम्रै देखिन्छ। कानुनी क्षेत्रमा रहनेहरुका लागि पनि महिना ठिकै रहला। महिनाको मध्यमा केहि उपहार प्राप्त हुने देखिन्छ।
धनु राशि
महिना धनु राशि हुनेहरुका लागि धेरै शुभ देखिन्छ। ईमानदारीताका साथ गरिएका कार्यले सम्मान दिलाउनेछ भने आर्थिक रुपमा पानि लाभ दिनेछ। प्रेम जीवन उल्लासमय रहनेछ। बहुमूल्य वस्तु किन्ने अवसर जुर्न सक्ला। घर-जग्गा सम्बन्धि समस्या समाधान हुनेछन्। उच्चाधिकारीहरुसंगको सम्बन्धले पद्दोनती मिल्नेछ। सौन्दर्यता सम्बन्धि व्यवसाय गर्नेहरुका लागि महिना धेरै विशेष रहने देखिन्छ। कृषकहरुका लागि महिना शुभ रहनेछ। धार्मिक यात्राको अवसर पनि जुर्न सक्ला। मान-सम्मान प्राप्त हुने योग देखिन्छ।
मकर राशि
विशेषतः धन संचय तर्फ ध्यान दिनु होला। महिनाको अन्त्यमा आर्थिक संकटको सामना हुन सक्ने भएका कारण शुरुवात देखि नै तयार रहनु बुद्धिमानी ठहरिने छ। सरकारी जागिरेहरुका लागि महिना विशेष सावित हुन सक्ला। पदोन्नतीको योग देखिन्छ। त्यस्तै शिक्षनण पेशमा रहनेहरुका लागि पनि महिना राम्री रहला। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। समय, धन र बुद्धि अरुका लागि खर्च नहोस् भन्नका लागि सतर्क रहनु होला । महिनाको मध्यमा प्रियजनसंग भेट हुन सक्ला।
कुम्भ राशि
मानिसक तनाव बढ्नेछ। सामान्य समस्याले पनि मानसिक रुपमा बढी दबाव सिर्जना गर्नेछन्। आफ्नो मात्र नभई अरुले गरेका गल्तीको समेत भागीदार हुनुपर्ने अवस्था रहला। महिनाको मध्य सम्म समय केहि कष्टकर रहेपनि महिनाको मध्यबाट आवस्थामा सुधार हुनेछ। त्यसपश्चात स्वास्थ्यमा सुधार हुनेछ भने आर्थिक रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्नेछ। महिनाको अन्तिम हप्तामा महत्वपूर्ण कार्य सफल हुनुका साथै नयाँ आयोजना मिल्नेछ। प्रेम जीवन पनि महिनाको शुरुवातमा भन्दा महिनाको अन्त्यमा राम्रो रहनेछ।
मीन राशि
महिनाभर उच्च सक्रियता रहनेछ। सक्रियता अनुसार फल मिल्द उर्जा बढ्नेछ। पराक्रम समेत बढ्ने भएका कारण शत्रुहरु सहजै पराजित हुनेछन्। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। रिस गर्नेहरुले पनि साथ दिनेछन्। कला क्षेत्रमा उल्लेख्य प्रगति मिल्नेछ। वैदेशिक यात्राको योजना समेत सफल रहला। यति हुँदा-हुँदै पनि सहयोगीहरुसंगको सम्बन्धमा भने विशेष ध्या आवश्यक रहनेछ।

