रोनाल्डो र इकार्डी बीच सट्टा-पट्टाको चर्चा, इकार्डीको तर्फबाट आयो यस्तो स्पष्टिकरण !

एजेन्सी – युभेन्टसका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मन(पिएसजी)का माउरो इकार्डी बीच सट्टापट्टा हुने चर्चा खारेज भएको छ। इकार्डी आफैंले आफू पिएसजीमै प्रतिवद्ध रहेको स्पष्ट पारेसँगै दुई क्लब बीच हुने भनिएको सट्टापट्टाको चर्चा आफैं खारेज भएको हो।

गत सिजन पिएसजीमा मौका पाउन संघर्ष गर्न बाध्य इकार्डीले आफू पिएसजीमै प्रतिवद्ध रहेको बताएका छन्। इन्स्टाग्राममा एक पोस्ट गर्दै इकार्डीले आउने वर्षहरुमा आफू पिएसजीमै रहने स्पष्ट पारेका

“यो सिजन, अर्को र अर्को !!! पिएसजीमा रहनेमा कुनै शंका छैन।”,इकार्डीले इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन्,”त्यसमा कुनै पनि शंका छैन। कमअन पिएसजी”

पछिल्लो केहि समय देखि पिएसजी र युभेन्टस बीच दुई खेलाडी सट्टापट्टा हुने चर्चा चलेको थियो। एक फ्रेन्च मिडियाका अनुसार पिएसजीले इकार्डीलाई युभेन्टस पठाएर रोनाल्डोलाई क्लबमा भित्र्याउन चाहेको थियो। तर इकार्डीको नयाँ स्पष्टिकरणसँगै उक्त चर्चा स्वतः खारेज भएको छ।

इकार्डी २०१९-२०को सिजनमा लोनमा पिएसजी आएका थिए। पछिलो सिजनमा उनले पिएसजीका लागि ३४ खेल खेल्दै २० गोल गरेका थिए। पछि उनी पूर्णरुपमा पिएसजीसंग आवद्ध भएका थिए। उनले सन् २०२०-२१ सिजनमा २८ खेल खेल्दै १३ गोल गरेका थिए।

गत सिजन किलियन एम्बाप्पे, नेयमार, एन्जेल डी मारिया र मोइज कीन जस्ता खेलाडीले आक्रमण सम्हाल्दा उनले कम मौका पाएका थिए। जसकारण उनको अन्यत्र ट्रान्सफर हुने चर्चा भएको थियो।

प्रकाशित : आइतबार, साउन १७, २०७८१०:०३

बार्साले युनाइटेडलाई भन्यो- ग्रिजम्यान लैजाउ, हामीलाई लिन्डेलोफ देउ !