‘ओली भन्दा तल बन्दिनँ’

काठमाडौँ – माधव नेपाललाई यसबीचमा सुवास नेम्वाङ र विष्णु पौडेलले पनि भेट गरेर अध्यक्ष ओलीसँग संवाद गर्न सुझाएका छन् । तर दुवै नेतालाई वरिष्ठ नेता नेपालले आफू ओलीलाई अध्यक्ष मानेर एमालेमा नफर्किने बताएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छन् ।

उनले अर्को अध्यक्ष पनि आफू नबन्ने प्रष्ट पारेका छन् । यहि कुरा उनले रावललाई पनि बताइसकेका थिए । रावलले माधव नेपालको बटमलाइन बुझे पनि नेपाल पक्षकै कतिपय नेताले अझै पनि अर्को अध्यक्षमा मनाउन सकिने आशा राखेका कारण एमाले एकताको नामका वार्ता अझै केही दिन चल्ने सम्भावना छ । ओली पक्षले भने माधव नेपालसहितको एकताको सम्भावना देखेको छैन ।

वार्तामा संलग्न एक नेताले भने–‘माधव कमरेडले म केपी ओलीको अन्तर्गत बस्दिनँ, दोस्रो अध्यक्ष पनि खान्नँ र म आउदिनँ भन्नुभयो । उहाँले १० बुँदे पनि मान्दिन भन्नुभयो । उहाँ आफ्नो अडानमा प्रष्ट हुनुहुन्छ तर उहाँसँग जोडिएका केही नेताहरू अझै अन्योलमा भएका कारण आज भोलिमै वारपार नहोला ।’

माधव नेपाललाई तपाईकै सहमतिमा बनेको कार्यदलले तयार पारेको १० बुँदे मान्दिनँ मिल्छ ? भन्ने प्रश्न यसबीचमा केही नेताले गरेका छन् । तर नेपालले जवाफमा भनेका थिए– म किन मान्छु ? मैले यो यो कुरा सच्याउनु र यो थप्नु भनेको थिएँ खै सच्याएको ? तिनीहरू (कार्यदलका आफ्ना सदस्य) केपी ओलीको जालमा परे ।

प्रकाशित : आइतबार, साउन १७, २०७८०९:३४

महन्थ ठाकुर एकाएक ब्याक, नयाँ दल दर्ता नगर्ने !