“भान डाइक फर्किए भन्दैमा लिभरपुलले प्रिमियर लिग जित्ने ग्यारेन्टी छैन”

चोटकारण ९ महिना मैदान बाहिर भएका स्टार खेलाडी भर्जिल भानडाइक मैदान फर्किए पनि लिभरपुलले फेरी प्रिमियर लिग उपाधि जित्छ भन्न नसकिने जेमी क्यारागरले बताएका छन्।

गत सिजन एभेर्टन विरुद्धको खेलमा चोटिल भएका डच डिफेन्डरले ९ महिनापछि गत हप्ता मात्र हेर्था बर्लिनसँगको खेलमा २० मिनेटका लागि मैदानमा फर्किएका थिए। चोटका कारण गरेको सर्जरीपछि पूरै फिट हुने क्रममा रहेका भान डाइकले मैदानमा धेरै समय खेल्न अहिले नै हतार गर्न नहुने क्यारागरको बुझाई रहेको छ।

२०१९ मा लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बनाउनका लागि निकै महत्वपूर्ण भूमिका खेलका ३० वर्षीय डिफेन्डलाई टप लेभलमा पुग्न अझै केहि समय लाग्ने पनि क्यारागरले बताए। सकर एड इभेन्टमा बोल्दै पूर्व लिभरपुल खेलाडीले भने,”मलाई लाग्छ हामी निकै होशियार रहनु पर्छ र मलाई लाग्छ क्लोप हुनेछन्। हामीले उनी टिममा फर्किएका छन् र लिभरपुलले सिधै उपाधि जित्नेछ।”

गम्भीर चोटका कारण बाहिरिएका भान डाइकलाई मैदानमा उतार्न हतार गर्न नहुने भन्दै उनले ब हने,”फिट रहेको समयमा उनी विश्वकै सर्वश्रेष्ठ डिफेन्डर हुन्। उनी हामीलाई ६-७ वर्षको लागि चाहिन्छ, ६-७ हप्ताको लागि हैन। त्यसैले हतार गर्न हुँदैन।”

गत सिजन पूरै डिफेन्स नै ध्वस्त भएकै कारण मार्सीसाइड क्लब प्रिमियर लिग उपाधि दौडमा च्याम्पियन सिटी भन्दा निकै पछाडी परेको थियो। त्यसै कारण क्लबले यस सिजन आरबी लाइपजिंगका सेन्ट्रल डिफेन्डर इब्राहिमा कोनाटेलाई अनुबन्ध गरेको छ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१५:३३

एन्फालाई निवेदन लेख्दै आफ्नो माग पूरा नभए अबको १० दिन भित्र नेपाल छाड्ने प्रशिक्षक अलमुताइरीको चेतावनी !