नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या साढे ६ लाख भन्दा बढी, मृ-त्यु हुने पनि १० हजार नजिक !

पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ९७ हजार ३७० पुगेको छ भने एन्टिजेन विधिबाट ६१ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ४०२ जनाको पिसिआर परीक्षण तथा ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ९८१ तथा एन्टिजेनबाट ५८७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३६ लाख ११ हजार ८६७ जना पुगेको छ । हालसम्म ६ लाख ५६ हजार १९७ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १८ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ८७५ पुगेको छ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१६:४५

भारतबाट आएको हात्तीले धानबाली नष्ट!