‘हाम्रो युवराजको हात समाई दु-र्व्यवहार गर्ने ट्राफिकलाई कारबाही होस’: नायिका पुजना!

गत शुक्रबार साँझ काठमाडौँको बीच सडकमा पूर्व युवराज पारस शाह र ट्राफिक प्रहरीबीच  विवाद भएको थियो । पारसले प्रहरीसँग झगडा गरिरहेको भिडियो केही प्रत्यक्षदर्शी तथा सर्वसाधारणले सामाजिक संजालमा हालेपछि निकै भाइरल बह्येको थियो। त्यसपछि अधिकांशले पुर्व युवराजको दादागिरी भनेका छन भने केहि राजावादीहरुले उनको समर्थन गरेका छन्।

यस घटनामा सबैले आ-आफ्नै तर्क दिदै आएका छन् । त्यस्तै नायिका पुजना प्रधानले पनि पूर्व युवराज पारस शाहको समर्थन गरेकी छिन् । उनले  पारसको हात समाउने र दु-र्व्यवहार गर्ने ट्राफिक प्रहरीलाई कारबाहीको माग समेत गरेकी छन ।

उनि लेख्छिन, ‘तिम्रा लागी पूर्वयुराज होलान हाम्रा लागी त अहिले पनि युवराज नै हुन र भोलीको राजा। हुन त नियममा आफु बसे अरु पनि बस्ने हो तर अहिले सम्म कुनचाही नेताहरु नियममा बसेका छन र हाम्रो युवराज बस्नुपर्ने?? युवराजको हात समाउने र दु-र्व्यवहार गर्ने ट्राफिकलाई कारवाही होस। राजा आउ देश वचाउ।’

शुक्रबार साँझ पारस शाहसहित केहि व्यक्तिले हेल्मेट नलगाई मोटरसाइकल चलाइरहेको देखेपछि महाराजगंज चोकमा ड्युटीमा रहेका ट्राफिकले उनिहरुलाई रोकेका थिए।  ट्राफिकले रोकेपछि उनिसंगै रहेका केहिले गल्ति स्वीकार गरेपनि पारस शाह भने झगडामै उत्रिएका  थिए ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१९:००

माधव नेपाललाई ओलीको पेलानमा पर्ने डर !