किन महिलाहरुमा हुन्छ बाझोपनको समस्या ? यस्तो छ थाहापाउनै पर्ने केहि रहस्य !

काठमाडौँ, विवाहपछि आमाबाबू बन्ने रहर सबैको हुन्छ । तर प्रजनन समस्याको कारण कतिपय महिलामा बाझोपनको समस्या रहेको हुन्छ । जब महिला विवाह गरेर बच्चा जन्माउन असमर्थ हुन्छिन् त्यतिबेला मात्र आफु बच्चा जन्माउने नुसक्ने रहेको थाहा पाउँछिन् । जुन बेला बच्चाको रहर हुन्छ गर्भ रहँदैन् तब गर्भधारणको प्रक्रिया अगाडी बढाउँछन् ।

यस्तो अवस्थामा अनेकौ प्रयास गर्दा पनि बच्चा रहेन भने त्यतिबेला ती महिलन नराम्रोसँग जस्काउँन् । त्यसकारण महिलाहरुले आफुमा बाँझोपनको समस्या छ की छैन भन्ने विषयमा पहिले नै सर्तकता अपनाउनु जरुरी हुन्छ । त्यसको लागि महिनावारी भएको बेला हुने केही चक्रको बारेमा ध्यान दिन जरुरी हुन्छ ।

यदि कुनै महिलाको महिनावारी हुने समयको अन्तर २५ देखि ३० दिनसम्म रहेको छ भने त्यस्तो महिलामा ओभ्यूलेसन नियमीत नभएको जनाउँछ । मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहने र गर्भ बस्ने सम्भावना कम रहने गर्छ । त्यो बाहेक ३० वर्ष उमेर आसपासका महिलाहरुमा महिनावारी नियमित नभएमा प्रिर्मेनोपौजको संकेट हुन सक्छ । हेरौ के कारण हुन्छ त बाझोपनको समस्या ।

१.तौल नियन्त्रित गर्ने : बाँझोपनको मुख्य कारण भनेको १२ प्रतिशत मानिसमा देखिएको तौलको कारण हो । शरिरको तौल बढी भएको कारण एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसको कारण ओभ्यूलेशनलाई असर गर्छ ।

२.व्यायामले पनि पार्छ असर : दौडिने वा एरोविक्स गर्ने महिलाको तुलनामा व्यायाम नगर्ने महिलामा ४७ प्रतिशत गर्भधारण गर्न सक्ने सम्भावना कम रहेको एक अध्ययनले बताएको छ । धेरै वर्कआउट गर्नाले शरिरमा उर्जा कम हुने धेरै तनाव हुने भएकाले प्रजनन क्षमतालाई समेत प्रभावित पार्छ ।

३.गर्भनिरोधधक चक्कीको प्रयोग पनि बाझोपना हुनसक्छ : गर्भनिरोधक चक्कीको प्रयोगले बाझोपनको समस्या आउने देखिएको छ । तर यसले कुनै समस्या हुदैन् ।
लगातार प्रयोग गर्नाले चाहि यस्तो समस्या आउने देखिएको छ । चार वर्ष भन्दा कम समय गर्भनिरोधक चक्की सेवन गर्ने महिलामा दुई वर्ष भन्दा कम समय चक्की सेवन गर्ने महिलाको तुलनामा गर्भवती हुने सम्भावना धेरै रहेको हुन्छ । यस्तो चक्कीले ओभ्यूलेशन रोक्दछ र अण्डालाई जिवित राख्नमा मद्दत गर्दछ ।

४.वंशाणुगत कारणले पनि पार्नसक्छ असर : छिटो र।जनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मेका सन्तानमा पनि रजनोवृत्ति हुने देखिएको छ । परिवारमा कसैलाई बाझोपनको समस्या छ भने अन्य सदस्यमा पनि सर्न सक्छ । फाइब्राइड, एंडोमेट्रियोसिस जस्ता समस्याले पनि वंशाणुगत समस्या निम्त्याउँछ ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१९:११

खुल्ने भयो लाइसेन्स ट्रायल !