काठमाडौँ – निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
अस्पतालमा कोभिड वार्डको बिरामी भर्ना क्षमता १ सय ४५ मात्र छ। बिरामी बढेै जान थालेपछि अस्पतालले कोभिड वार्डमा भर्ना थप गर्दै जाने तयारी गरिरहेको कोभिड १९ उपचार संयोजक तथा उपनिर्देशक डा. सन्तकुमार दासले बताए। एक महिनाअघि भर्ना हुनेको संख्या घटेपछि अस्पतालले कोभिड बाहेकका बिरामीको उपचारमा पनि प्राथमिकता बढाउँदै गएको थियो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार २ सय ११ जना कोभिड संक्रमित भर्ना भएका छन्। तीमध्येमा २५ जना आइसियुमा र १ सय ८० जना हाइडिपेन्डेन्सी वार्डमा भर्ना भएका हुन्। दुई सातादेखि भर्ना हुन सुरु भएका बिरामी केही दिनदेखि दैनिक २५ देखि ३५ जनाको दरले भर्ना भइरहेको अस्पतालका निर्देशक डा. रवी शाक्यले जानकारी दिए। उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढेको हो।’
वीर अस्पतालमा ५ सय क्षमताको कोभिड अस्पताल रहेकोमा आइतबारसम्ममा ९२ जना संक्रमित भर्ना भइसकेका छन्। तीमध्येमा ७० जना आइसियुमा छन्। अस्पतालको आइसियु क्षमता १ सय शैड्ढया हो। यो अस्पतालमा दैनिक १०÷१२ जनाको दरले भर्ना हुने गरेको अस्पतालका युनिफाइड कोभिड डेजिनेटेट अस्पतालका प्रमुख प्रशासक डा. जागेश्वर गौतमले जानकारी दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सबै वार्ड कोरोना संक्रमितले भरिएको अस्पतालले जनाएको छ। अस्पतालमा ४० जनरल शैड्ढया, २० आइसियुको क्षमता हो। चार÷पाँचदेखि दैनिक लक्षण भएका बिरामीको भर्ना हुने दर बढेको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।
चिकित्सकका अनुसार लक्षण भएका बिरामी भर्ना भएका छन्। ‘भर्ना भएका धेरैजसो आइसियु तथा अक्सिजन चाहिने अवस्थाका धेरै छन्,’ शिक्षण अस्पतालका कोभिड १९ संयोजक डा. दासले भने। भर्ना हुनेहरू खोप केन्दबवाट एक साताअघि खोप लिन गएका धेरै भेटिएको चिकित्सकको भनाइ छ। ‘खोप लगाउन गएको पाँच/दिनपछि ज्वरो आएर भर्ना हुन आएको पाइएको छ,’ डा. दासले भने। ‘बिरामीको कुरा बुझ्दा खोप केन्द्र र खोप प्रमाणीकरणको लाइनबाटै सरेको देखिन्छ,’ डा. पुनले भने।

