लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, ५ दिन यताकै सस्तो !

हप्ताको पहिलो दिन आइतबार घटेको सुनको भाउमा आज सोमबार पनि सामान्य गिरावट आएको छ। शुक्रबारको तुलनामा आइतबार प्रति तोला ५ सय रुपैयाँले घटेको आज एक सय रुपैयाँले घटेको हो। शुक्रबार ९ दिन यताकाई महँगो भएको सुनको भाउ आइतबार भने घटेको थियो।

आज सोमबार छापवाला सुन तोलामा एक सय रुपैयाँले घटेको छ। जससँगै सोमबार नेपाली बजारमा छापवाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला ९२ हजार ४ सयमा किनबेच भएको छापवाला सुन आज एक सयले घटेको हो।

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला एक सय रुपैयाँले नै घटेको छ। शुक्रबार तोलाको ९१ हजार ९ सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज भने ९१ हजार ८ सय कायम भएको छ।

सुन साउन १३ गते यताकै सस्तो 

सोमबार कायम भएको सुनको मूल्य पछिल्लो ५ दिन यताकै सस्तो रहेको छ। यसअघि साउन १३ गते छापवाला सुनको मूल्य तोलाको ९२ हजार १ सय र तेजाबी सुनको भाउ ९१ हजार ६ सय कायम भएको थियो। त्यसपछि, सुनको मूल्य आजको विन्दुमा आएको थिएन।

चाँदीको भाउ लगातार तेस्रो दिन पनि स्थिर

सोमबार चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार र आइतबार प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज लगातार तेस्रो दिन पनि सोहि भाउमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, साउन १८, २०७८११:४०

पर्सि अर्थात साउन २० गतेबाट ६० करोड बराबरको आइपिओ खुल्दै, कति कित्ता भर्ने?