सलमान खानसँग भिड्दै इमरान हासमी, टाइगरसँग भिड्न पूरा तयारी गर्दै !

बलिउडमा रोमान्टिक हिरोको रूपमा चिनिने अभिनेता इमरान हासमीलाई बलिउडका ‘सिरियल किसर’ भनेर पनि चिनिन्छ। तर अब भने इमरान रोमान्टिक फिल्म मात्र नभएर हरेक तरिकाका फिल्ममा ध्यान दिन थालेका छन्। फिल्मको कथावस्तुलाई विशेष प्राथमिकताका रूपमा राख्न सुरु गरेका इमरान पछिल्लो समय ठूला-ठूला फिल्ममा आफ्नो अभिनयको मोह छर्दै आएका छन्।

इमरानको अर्को प्रोजेक्ट रहेको छ सलमान खान र कट्रिना क्याफ स्टारर फिल्म ‘टाइगर ३’। यस फिल्ममा इमरान भिलेनको रूपमा देखा पर्नेछन्। पहिलो पटक सलमान खानसँग एकसाथ काम गर्न लागेका इमरानले अहिले उक्त फिल्मका लागि कडा मेहनत गरिरहेका छन्। फिल्ममा सलमानसँग भिड्न लागेका इमरानले अहिले आफ्नो शरीरमा ठूलो परिवर्तन ल्याएको देख्न सकिन्छ।

‘टाइगर ३’ कै लागि जिम जाने र नियमित व्यायाम गरिरहेका इमरानको फिट फोटोले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाईरहेको छ। उनले हालै मात्र आफ्नो इन्स्टाग्राममा आफू जिममा मिहनत गर्दै गरेको फोटो साझा गर्दै लेखेका छन्,”यो त सुरुवात मात्र हो।” उनको यस तस्बिरले अहिले निकै चर्चा बटुलिरहेको छ। उनको यो पोस्टलाई अहिलेसम्म ५ लाख भन्दा बढी मानिसले लाइक गरिसकेका छन्।

 

View this post on Instagram

 

A post shared by Emraan Hashmi (@therealemraan)

‘एक था टाइगर’ को तेस्रो सिक्वेन्स रहेको फिल्म’टाइगर ३’ मा सलमान खान नायकको भूमिकामा रहनेछन् भने कट्रिना क्याफले मुख्य नायिकाको भूमिका निभाउने छिन्।

प्रकाशित : सोमबार, साउन १८, २०७८१२:१०

के साँच्चै दीपिका गर्भवती छिन् ? हस्पिटल बाहिर देखा परेपछि सुरु भयो चर्चा !