बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई इन्डस्ट्रीको पावर कपल पनि भन्ने गरिन्छ। फिल्मामा मात्र नभएर वास्तविक जीवनमा पनि यी दुई बीचको केमेस्ट्री निकै शानदार रहेको छ।

सन् २०१८ मा एक-अर्कासँग विवाह बन्धनमा बाधिएका यी दुई स्टारका हालैका केहि तस्बिरहरु अहिले चर्चामा रहेका छन्। दीपिका-रणवीरका यस्ता तस्बिर देखेर उनीहरुका प्रशंसकले उनीहरुलाई बधाई दिन सुरु गरेका छन्। वास्तवमा, केहि दिन अगाडी यी दुई स्टारलाई एकसाथ हिन्दुजा अस्पतालको बाहिर देखिएको छ।

रातो रङ्गको मास्क लगाएकी दीपिका र सेतो रङ्गका मास्क लगाएका रणवीर एकसाथ हस्पिटल बाहिर देखा परेका हुन्। साथै दुबैले कालो चस्मा पनि लगाएका थिए। अस्पताल बाहिर यो जोडीलाई देख्ना साथ फ्यान्सहरु बेचेह यी दुई गर्भावती रहेको चर्चा सुरु भएको छ। दीपिका-रणवीरका प्रशंसकका अनुसार यी दुई स्टारले छिट्टै गुड न्युज दिन सक्छन्, जसको कारण उनीहरुले अहिलेबाट नै यो जोडीलाई सामाजिक सञ्जाल मार्फत बधाई दिन सुरु गरेका छन्।
View this post on Instagram
रणवीर-दिपिकाको भाइरल तस्बिर देखेर फ्यान्सहरुले आफ्ना प्रतिक्रिया दिइरहेका छन्। एकले लेखे,”एक नयाँ पाहुना आउँदै छ।” अर्का एकले लेखे,”दीपिका गर्भवती छिन्।” त्यस्तै, तेस्रो व्यक्तिले लेखे,”सानो रणवीर आउँने भए।” अहिले अभिनेत्री दीपिका गर्भवती रहेको कुरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

