टोइलेट जना हतार भयो भन्दै तेज गतिमा गाडी कुदाउने महिला पक्राउ !

pic: DERBYSHIRE POLICE

हामी सबैले ट्राफिक नियमको पालना गर्नु निकै आवश्यक हुन्छ। सुरक्षित यात्राको लागि पनि ट्राफिक नियमको पालना गर्नुपर्छ। तर कतिपय मानिसले यसको उल्लङ्घन गरेको थुप्रै देख्न सकिन्छ। जसको सुकै कारण भएता पनि ट्राफिक नियमको उल्लङ्घन गर्नु कानूनी रूपमा मान्य हुँदैन।

तपाईंले मानिसले धेरै कारणले गर्दा ट्राफिक नियमको उल्लङ्घन गर्न सक्छन् भन्ने सोच्नु भएको होला। तर के तपाईंले कहिल्यै सोच्नु भएको छ कि कुनै मानिसले टोइलेट जानको लागि ट्राफिक नियम पालना नगरेको ? सुन्दा निकै अचम्म लाग्न सक्छ तर यस्तै एउटा सत्य घटना घटेको छ। यो घटना बेलायतको डर्बीसायर भन्ने एक राज्यको घटना हो।

बेलायतको डर्बीसायर राज्यमा गत मंगलबार राति एक ड्राइभरलाई पुलिसले ओभर-स्पिडको कारण पक्राउ गर्यो। १३० एमपीएच सम्मको गतिमा कुदाइरहेको कारको ड्राइभरले आफूलाई टोइलेट जना हतार भएको कारण कार तेज रफ्तारमा चलाएको बयान दिएका छन्।

डर्बीसायर पुलिसका अनुसार मर्सीडिज जी वागन गाडी ११३ माइल प्रतिघण्टाको औसत गतिमा कुदाइरहेको अवस्थामा मंगलबार राति जन्सन २६ र २७ को बीचमा पुलिसद्वारा रोकिएको थियो। पक्राउ परेकी उनका महिलाको कार जफत गरीएको छ र ट्राफिक नियम उल्लङ्घन गरेकोमा उनी विरुद्ध रिपोर्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन १८, २०७८१३:३७

जन्मिँदा एउटा स्याउ जति तौल गरेकी यी शिशुले १३ महिना आइ.सी.यूमा मृ-त्युलाई जितेर घर फर्किन् !