बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई केहि दिन अगाडी मुम्बई पुलिसले पक्राउ गरेको थियो। पछिल्लो केहि दिनदेखि यस मामिलामा एक पछि अर्को गरि नया-नया कुरा खुलासा भैरहेको छ।

थुप्रै मोडल तथा अभिनेत्रीहरुले राज कुन्द्रामाथि यौ-न शोषणको आरोप लगाउदै बयान समेत दिदै आएका छन्। त्यस्तै बलिउड इंडस्ट्रीका केहि मानिसले भने अभिनेत्री शिल्पालाई सपोर्ट गरेका छन्। यस्तो स्थितिमा, धेरै प्रकारका बयान र विभिन्न तर्कहरु आएपछि हाल शिल्पाले सामाजिक संजालमार्फत आफ्नो मौनता तोडेकी छिन्।

शिल्पाले लेखेकी छिन्, “हो गएको केहि दिन हाम्रो लागि हरेक तर्फबाट चुनौतीपूर्ण रह्यो। जहाँ थुप्रै अफवाह र आरोपहरु थियो। मिडियाबाट मलाई थुप्रै अनावश्यक आरोप लगाइयो। धेरै ट्रोल र प्रश्नहरु म मात्रै नभई मेरो परिवारले पनि यस चिजलाई सामना गर्नुपर्यो। मैले अहिलेसम्म यस घटनामा कुनै पनि टिप्पणी दिएको छैन र पछि पनि दिनेछैन। किनकि यो मुद्दा अदालतमा विचाराधीन छ। त्यसैले कृपया अब झुठ उद्धरण दिन बन्द गर्नुहोस्। एक सेलिब्रेटीको हिसाबले मैले सधै ‘कहिल्यै गुनासो नगर्ने र कहिल्यै व्याख्या नगर्ने’ सुत्र अपनाएको छु। म यति मात्रै भन्न चाहन्छु कि अहिले अनुसन्धान भैरहेको छ। मलाई मुम्बई पुलिस र हाम्रो न्यायपालिकाको पुरा विश्वास छ। एक परिवारको रूपमा हामी कानूनी मद्दत खोजिरहेका छौ। तर त्यतिबेलासम्म म एक आमाको नाताले तपाईहरुसंग अनुरोध गर्न चाहन्छु कि हाम्रा बच्चाहरुको लागि हाम्रो परिवारको गोपनीयताको ख्याल राख्नुहोस्। पूर्ण सत्यता नभएको कुरामा कम्नेट नगर्नुहोस।”

शिल्पा अगाडी लेख्छिन, ‘म कानुनी पालना गर्ने एक भारतीय नागरिक हुनुमा गर्व गर्छु र गएको २९ वर्ष कडा मेहनत गर्ने एक प्रोफेशनल महिला हु। मानिसहरुले मलाई निकै विश्वास गरेका छन् जसलाई म कहिल्यै निराश हुन दिन्न। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा, म तपाईहरुलाई अनुरोध गर्दछु कि यस समयमा ‘मेरो परिवार’ र ‘मेरो अधिकार’ को गोपनीयताको सम्मान गर्नुहोस्। हामी मिडिया परीक्षणको लायक छैनौ।कृपया कानूनलाई आफ्नो काम गर्न दिनुहोस्। सत्यमेव जयते”।

