सबैखाले परिक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव !

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढ्दै गएको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न तहका निकट समयमा संचालन गरिने भनेको परिक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सामाजिक सञ्जाल मार्फत निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन प्रस्ताव गर्ने बताएका छन्। निकट भविष्यमा आयोजना हुने सबैखाले परिक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।

सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्टमा उनले लेखे,”कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ।”

सोमबार सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलनमा पनि मन्त्री श्रेष्ठले यसबारे बताएका थिए।

प्रकाशित : सोमबार, साउन १८, २०७८१५:३९

भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान !