पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढी संक्रमित थपिए, उपत्यकामा ७ सय भन्दा बढी संक्रमण पुष्टि !

काठमाडौँ – नेपालमा थप ३ हजार १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या(पिसिआर मार्फत)  ६ लाख ९९ हजार ६४९ पुगेको छ र  एन्टीजिन परिक्षणबाट पुष्टि हुनेको सङ्ख्या ६२ हजार ७८३ पुगेको छ ।

थप १० हजार ६१३ जनाको पिसिआर परीक्षण तथा ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट २ हजार २७९ तथा एन्टिजेनबाट ८४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ५८ हजार १२२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ३१ हजार ६२९ रहेको छ ।

काठमाडौँ उपत्यकामा ७७० सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ७७० सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ५५६, ललितपुरमा ११५ तथा भक्तपुरमा ९९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२३ सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ सङ्क्रमितको मृ-त्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन १८, २०७८१७:०३

‘हामी मिडियामा आउन लायक छैनौ’ भन्दै पहिलो-पटक शिल्पाले सबैसँग गरिन यस्तो अनुरोध!