बेन्जेमा लामो समय रियलमा नरहने, यति समयका लागि मात्र सम्झौता थप्ने !

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा लामो समय रियलमा नरहने पक्षमा रहेको थाहा हुन आएको छ। बेन्जेमाले धेरै समयको सम्झौता गर्न नमानेसँगै उनी धेरै समय रियलमा रहने पक्षमा नरहने थाहा हुन आएको हो।

पछिल्लो एक खबरका अनुसार बेन्जेमाले सन् २०२४ सम्मका लागि सम्झौता थप गर्न अस्विकार गरेका छन्। रियलले बेन्जेमालाई सन् २०२४ सम्म क्लबमै रहनेगरी सम्झौता नविकरणका लागि प्रस्ताव गरेपनि उनले अस्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

३३ वर्षीय बेन्जेमाको रियलमा सन् २०२२ सम्मको सम्झौता छ। आउने वर्ष नै सम्झौता सकिने हुँदा क्लबले बेन्जेमालाई सन् २०२४ सम्मको सम्झौता प्रस्ताव गरेको र सो क्रममा उनले एक वर्षको सम्झौता मात्र गर्न चाहेका छन्।

अहिले ३३ वर्ष पुगिसकेका उनले उमेर बढ्दै जाने र आफ्नो प्रदर्शनमा गिरावट आउन सक्ने भन्दै २०२४ सम्मका लागि सम्झौता थप्न अस्विकार गरेको बताइन्छ।

पारिश्रमिक कटौती गर्न तयार

बेन्जेमा पारिश्रमिक कटौती गर्न गरेको प्रस्तावलाई स्वीकार गरेका छन्। २०२१–२२ सिजनका लागि १० प्रतिशत र २०२२–२३ को सिजनका लागि १५ प्रतिशत कटौती गर्ने क्लबको प्रस्ताव समेत स्विकार गरेका हुन्।

क्रिष्टियानो रोनाल्डोले सन् २०१८ मा क्लब छाडेयता बेन्जेमा क्लबको मूख्य स्ट्राइकरको रुपमा रहेका छन्। सन् २०१० देखि रियलमा रहेका उनले रियलक लागि ५ सय ५९ खेल खेल्दै २ सय ६९ गोल गरेका छन्।

प्रकाशित : सोमबार, साउन १८, २०७८२२:०३

नेपाली दिग्गज क्रिकेटर पूर्व कप्तान पारस खड्काद्वारा सन्यासको घोषणा !