२९ वर्षीय नेइमारको बडी र ३४ वर्षीय मेस्सीको बडी भनेर नमज्जाले उड्यो नेइमारको मजाक !

फ्रेई-एजेन्ट रहेका पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सी र ब्राजिलियन सुपरस्टार नेइमार अहिले समर बिदामा रहेका छन्। यी दुबै खेलाडीको बिदा सकिनै लाग्दा पूरा विश्वको नजर नै विभिन्न कारणले यी दुई स्टार माथि रहेको छ।

बार्सिलोनाका समर्थकहरु मेस्सीले पुनः क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको खबर अहिले आउँछ भनेर प्रतिक्षा गरिरहेका छन्। गत जुन ३० बाट बार्सिलोनासँगको सम्झौता अन्त्य भएसँगै मेस्सी अहिले फ्री-एजेन्ट रहेका छन्। गत वर्ष क्लब छाड्ने प्रयास गरेका मेस्सीलाई यो सिजन क्लब भित्र्याउन पीएसजी, म्यानचेस्टर सिटी जस्ता ठूला क्लब आतुर थिए। तर अन्ततः मेस्सीले बार्सिलोना नै रहने निर्णय गरेको र छिट्टै नै क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने थुप्रै रिपोर्टले जनाएका छन्।

कोपा अमेरिका उपाधि जितेपछि बिदा मनाउन थालेका मेस्सीले समय समयमा आफ्नो फोटो सामाजिक सञ्जालमा साझा गर्ने गर्छन्। ३४ वर्षको उमेरमा पनि उनी निकै राम्रो स्थतिमा रहेको सजिलै देख्न सकिन्छ। ६ पटकका ब्यालुन डी ओर विजेताले पत्नी एन्टोनेलासँग जिममा वोर्क-आउट गर्दै गरेको भिडियो पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ।

त्यस्तै, इबिजामा बिदा मनाइरहेका पीएसजी स्टार नेइमार भने नकारात्मक रूपमा अहिले चर्चामा आएका छन्। ब्राजिलियन स्टारले सामाजिक सञ्जालमा पोस्ट गरेको एक फोटोले अहिले निकै चर्चा बटुलिरहेको छ। उक्त फोटोमा नेइमारको पेट सामान्य फुटबल खेलाडीको भन्दा अलि ठूलो देखिन्छ। फोटो हेर्दा लाग्छ कि उनी केहि किलो तौल बढेका छन्। उनको यस फोटो देखेर धेरैले उनलाई मेस्सीको फिट बडीसँग तुलना गर्न सुरु गरेका छन्। एकले त ३४ वर्षीय मेस्सीको बडी र २९ वर्षीय नेइमारको बडी भनेर हास्यास्पद तरिकाले तुलना गरेका छन्।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१५:१९

मेक्सिकोलाई हराउँदै ब्राजिल लगातार तेस्रो पटक फाइनलमा !