ब्राजिल टोकियो ओलम्पिकको पुरुष तर्फको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। रियो ओलम्पिकको स्वर्ण पदक विजेता ब्राजिलले मिक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै स्वर्ण पदकका लागि भिडन्त पक्का गरेको हो।

ब्राजिलले अब स्पेन र जापान बीचको खेलको विजेतासँग फाइनल खेल खेल्नेछ। निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल पनि गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन।

ब्राजिलका लागि ड्यानी आल्भेज, मार्टिनेली, ब्रुनो गुइमाराएस र रेइनिएरले गोल गर्दा मेक्सिकोका लागि कार्लोस रोड्रीगेजले मात्र गोल गर्न सफल भए। मेक्सिकोका लागि सुरुवाती दुई पेनाल्टीमा एडुवार्ड़ो अगुइरे र जोहान भास्केज चुक्ता अन्तिम दुई खेलाडीले पेनाल्टी प्रहार नै गर्न पाएनन्।

दोस्रो सेमीई-फाइनलमा अहिले स्पेन र जापान बीचको खेल भइरहेको छ। खेलको पहिलो हाफ सकिँदासम्म कुनै पनि टोलीले गोल गर्न सकेको छैन।

