नर्गिसको ओठ ठूलो देखेर भड्किए प्रशंसक, ट्रोल मात्र नभई गरे भद्दा मजाक !

एजेन्सी – बलिउड नायिका नर्गिस फाखरी पछिल्लो समय चलचित्रहरुमा खासै सक्रिय छैनन्। पछिल्लो समय उनलाई चलचित्रहरुमा कमै मात्र देख्न पाइएको छ। नर्गिस अभिनयमा खासै सक्रिय नभएपनि उनी सामाजिक संजालमा भने सक्रिय छिन्।

नर्गिसले सामाजिक संजालमा नियमित जस्तै तस्विरहरु अपलोड गर्नेगरेकी छन्। पछिल्लो समय अपलोड गरेको एक तस्विरका कारण नर्गिस ट्रोल पनि भएकी छन्।

किन भइन् ट्रोल ?

केहि दिन अगाडी मात्र नर्गिसले एक तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन्। उक्त तस्विरमा नर्गिसमा पहिला भन्दा केहि बदलाव आएको स्पष्ट देखिन्थ्यो। नर्गिसको कपालको रङ्ग फरक भएको थियो भने उनको ओठमा पनि केहि बदलाव देखिन्थ्यो। तस्विरबाट यो स्पष्ट बुझ्न सकिन्छ कि नर्गिसको ओठ पहिला भन्दा ठूलो भएको छ।

ओठको सर्जरी गराएको भन्दै यति बेला नर्गिसको सामाजिक संजालमा आलोचना भैरहेको छ। केहिले उनको मजाक पनि बनाएका छन्। तस्विरमा प्रतिक्रिया जनाउँदै धेरैले नर्गिस पहिला नै राम्री भएको टिप्पणी गरेका छन्।

त्यसमध्ये केहिको नर्गिस अहिले कुरूप भएको टिप्पणी समेत छ। सामाजिक संजालमा नर्गिसलाई ‘भूत’संग समेत तुलना गरेका छन् भने केहिले कार्टुन क्यारेक्टर ‘डोनाल्ड डक’संग पनि तुलना गरेका छन्।

 

View this post on Instagram

 

A post shared by Nargis Fakhri (@nargisfakhri)

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१७:४७

नायिका गरिमा पन्त बनिन आमा, के जन्माइन त? हेर्नुहोस तस्विर!