मोटाए नेयमार, हाजार्डको जस्तै हालत हुने चिन्ता !

एजेन्सी – फ्रेन्च लिग वान शुरु हुन केहि समय अझै बाँकी छ। गएको दशक फ्रेन्च लिगमा राज गरेको पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि आउँदो सिजन पनि सहज नहुने देखिन्छ। गत सिजनको उपाधि होडमा लिलसँग पछि परेको पिएसजीले फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) लिललाई नै सुम्पिन पुग्यो। स्टार खेलाडीहरुले भरिएको पिएसजीले लिग वानमा कतिको पुनरागमन गर्न सक्छ त्यो हेर्न पूरा सिजन छ।

पिएसजी समर्थक यति बेला लगातार आठ वर्ष देखि जितिरहेको फ्रान्सेली सुपर कप गुमाउँदा दुखि भएका छन्। हाल पिएसजी समर्थकको चासो त्यता मात्र सिमित छैन, नेयमार मोटाएको विषयले पनि उनीहरुलाई अचम्मित बनाइरहेको छ।

एक खेल मिडियाले प्रकाशित गरेको रिपोर्टले पिएसजी समर्थकलाई पार्न सम्म चिन्तित बनाएको छ। रियल म्याड्रिड पुगेपछि मोटाएर लगातार घाइते भएका इडेन हाजार्डको जस्तै अवस्थामा नेयमार पुग्ने त होइनन भन्ने पिएसजी समर्थकको चिन्ता छ।

कोपा अमेरिका सकिएपछि नेयमार छुट्टिमा छन्। धेरै पार्टी गर्न मन पराउने उनी पछिल्लो समय मोटाउँदै गएको बताइन्छ। नेयमारका पछिल्ला तस्विरहरुले पनि त्यो पुष्टि गर्छ।

छुट्टिमा नेयमारले कति केजी तौल बढाए भन्ने एकिन भैनसके पनि उनी पहिला भन्दा अलि बढी नै मोटाएका छैनन्। तौल बढेकै कारण उनको खेलमा फरक त पर्ने होइन भन्नेमा धेरैको चासो छ। केहि वर्ष अगाडी रियल म्याड्रिडका हाजार्ड मोटाएको विषयलाई जोडेर नेयमार माथि टिप्पणी भैरहेको छ।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८२०:४२

रोनाल्डोको मन रियल माथि, रियलको मन एम्बाप्पे माथि !