एजेन्सी – ज्योतिष शास्त्र अनुसार ग्रहहरुको राशि परिवर्तन मात्र नभई नक्षत्र परिवर्तनले पनि ठूलो महत्व राख्छ। ग्रहहरुको नक्षत्र परिवर्तनले हरेक राशिलाई प्रभाव पार्ने ज्योतिषीय मान्यता रही आएको छ।
सूर्यले मंगलबार मात्रै नक्षत्र परिवर्तन गरेको छ। ज्योतिषीहरुले दिएको जानकारी अनुसार सूर्य मंगलबार बिहानको ३ बजेर ५७ मिनेटमा अश्लेषा नक्षत्रमा प्रवेश गरेको हो। खास कुरा के छ भने, अहिले अश्लेषा नक्षत्रमा बुध ग्रह समेत रहेको छ। दुई ग्रह एकै नक्षत्रमा हुने विशेष योग बन्न जाने र त्यसले केहि राशिलाई धेरै नै लाभ पुर्याउने ज्योतिषीहरु बताउँछन्।
सूर्यको नक्षत्र परिवर्तनले निम्न राशि हुनेहरुलाई सबै भन्दा बढी लाभ –
मेष राशि
अश्लेषा नक्षत्रमा सूर्यको प्रवेशले मेष राशि हुनेहरुलाई लाभै-लाभ दिलाउनेछ। आर्थिक पक्षमा सूर्यको शुभ प्रभाव रहनेछ। पहिला अड्किएका कार्य सुचारु हुँदा धनको कमि हुने छैन। आर्थिक स्थितिमा सुधार आउँदा मानसिक तनाव घट्नेछ। विद्यार्थीहरुलाई पनि सूर्यको नक्षत्र परिवर्तनले लाभ पुर्याउने देखिन्छ। शत्रु सहजै पराजित होलान्।
मिथुन राशि
सूर्यको नक्षत्र परिवर्तनले मिथुन राशि हुनेहरुको दुख दूर गर्नेछ। जटिल भन्दा जटिल समस्या देखि छुटकारा मिल्नेछ। परिवारमा रहेका कलह स्वतः हराएर जानेछन्। प्रेम जीवनमा पनि सूर्यको शुभ प्रभाव रहला। आमदनीका वृद्धि हुनुका साथै नयाँ क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ। महत्वपूर्ण कार्य सफल समेत हुन सक्ने देखिन्छ।
सिंह राशि
एकै नक्षत्रमा बुढा र सूर्य हुँदा सिंह राशि हुनेहरुलाई पनि राम्रो लाभ मिल्नेछ। आर्थिक रुपमा शुभ परिवर्तनहरु हुनेछन्। आर्थिक भार कम हुनेछ। लामो समय देखि रहेका ऋण देखि छुटकारा मिल्न सक्ला। शिक्षाको क्षेत्रमा पनि प्रगति नै हुनेछ। यात्राको अवसर समेत जुर्न सक्ने देखिन्छ। भविष्यलाई प्रभाव पार्ने महत्वपूर्ण कार्यको शुरुवात पनि हुन सक्ला।
तुला राशि
तुला राशि हुनेहरुलाई पनि सूर्यको नक्षत्र परिवर्तनले लाभ दिलाउला। शानदार परिणाम मिल्नेछन्। उच्च ओहोदाका व्यक्तिहरुसंग साझेदारी गर्ने अवसर मिल्नेछ। सामान्य प्रयत्न गर्दा पनि महत्वपूर्ण कार्य सफल हुनेछन्। वाहन सुख दिलाउन पनि सूर्य र बुधको भूमिका रहन सक्ला। स्वास्थ्यमा पनि सुधार हुन सक्ने देखिन्छ।