काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर(आइपिओ)को बिक्री खुला भएको छ। सानिमा लाइफको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला भएको हो।
प्रतिकित्ता रू. १०० अंकित दरको ६० लाख आइपिओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। त्यस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
बाँकी रहने ५४ लाख कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपिओ छिटोमा साउन २४ गतेसम्म सम्मका लागि बिक्रीमा रहनेछ भने पूरा आवेदन नपरेको खण्डमा ढिलोमा भदौ २ गतेसम्म समय बढाइनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रबन्धकबाट पनि आइपिओका लागि आवेदन दिन सकिनेछ।