घट्यो सुनको मूल्य, आज ८ दिन यताकै सस्तो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ । जससँगै छापावाला सुनको मूल्य ९२ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९२ हजार ४ सय र सोमबार-मंगलबार ९२ हजार ३ सय रुपैंयाँ थियो। त्यस्तिउ तेजाबी सुनको मूल्य आइतबार ९१ हजार ९ सय र सोमबार-मंगलबार ९१ हजार ८ सय रुपैंयाँ रहेको थियो।

सुन ८ दिन यताकै सस्तो

आज कायम भएको सुनको मूल्य साउन १२ गते यताकै सस्तो रहेको छ। त्यस दिन छापावाला सुन ९१ हजार ८ सयमा कारोबार हुँदा तेजाबी सुन ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो। यस हिसाबले आज सुन ८ दिन यताकै सस्तो रहेको छ।

चाँदी मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु १० ले बढेर १२ सय ८५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : बुधबार, साउन २०, २०७८११:१६

नक्सालमा बन्दै यति ठूलो पाँचतारे होटल, लगानी सुन्दा अचम्म लाग्नेछ !