दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। गत असार २ गते उपचारको लागि भारत पुगेका खनालको दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।
मिर्गौला प्रत्यारोपण गरिएका खनाल केहि समय अस्पतालमै आराम गरि नेपाल फर्किनेछन्।
नेता खनालको स्वास्थ्यमा समस्या (ज्वरो र रगतमा हेमोग्लोबिनको कमी) देखिएपछि उनलाई काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि थप उपचारको लागि खनाललाई दिल्ली लगिएको थियो।