काठमाडौँ – गायक एवं मोडल दुर्गेश थापाले आफूलाई नियोजित ढंगले आफूलाई बहिष्कार गरिएको बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संस्थागत बहिस्कार गर्ने निर्णय गरेपछि थापाले बुधबार फेसबुकमा एक स्ट्याटस राख्दै नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषित गर्ने काम भएको बताएका हुन्।
थापाले प्रत्यक्ष दोहोरी का सुन्नै नसकिने छाडा गीतहरु प्रति बेवास्ता गर्दै आफ्नो गीतका पछाडी मात्र लाग्ने काम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट भएको बताएका छन्।
“आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाइरहँदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गितहरू लाई स्वतन्त्र छोडिएको छ। मेरो गीत न लोक न दोहोरी, तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ। जुन दुखद छ। परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन। प्रतिष्ठानका सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जिवन हजार बर्ष को होस् शुभकामना ।।”,थापाले फेसबुकमा लेखेका छन्।
साथै थापाले विगतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रतिष्ठान संस्थापक सल्लाहकार र निबर्मान अध्यक्षहरुले विरोधाभाषपूर्ण गीत गाएको कुरालाई पनि उठान गरेका छन्।
थापाले फेसबुकमा लेखेका छन्,”हिजो बद्री पंगेनीले PN campus/beauti number1/ससुरालिमा हिजो प्रजापति पराजुली ले लाल साडि मे हिन्दी भाषा मा गाएका छन कोमल वली पोईला जान पाम, देखी कुमार बस्नेत का छोरी भन्दा आमा तरुनी,सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निबर्मान अध्यक्ष हुन यस्ता धेरै उदाहरण छन जो आफैमा बिरोधाभाष छन्।।”
यस्तै थापाले बहिस्कार बोलको गीत सार्वजनिक गर्न लागेको पनि फेसबुक मार्फत नै जानकारी गराएका छन्।