गगन थापाले भने – ‘स्वास्थ्य मन्त्री बन्न तयार छु’

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले आफू स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेको खण्डमा आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बहन गर्न तयार रहेको बताएका हुन्।

पहिला पनि स्वास्थ्या मनत्रालयको जिम्मेवारी सम्हालिसकेका थापाले देश कोरोना महामारीसँग लडिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन आफू तयार रहेको बताए। आफूले चाहेर मात्र मन्त्री बन्न नसकिने सङ्केत गर्दै प्रधानमन्त्री देउवाले चाहे मात्र त्यो सम्भव हुने थापाको भनाई छ। जिम्मेवारी दिएर प्रधानमन्त्रीले खुल्ला रुपमा काम गर्न दिए आफू पछि नहट्ने पनि थापाले बताए।

“संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्न दिनुपर्छ ।”,उनले भने।

गठवन्धन भित्र मन्त्रालयको बाँडफाँड नमिल्दा अहिले सम्म मन्त्रिपरिषद विस्तार हुन सकिरहेको छैन। कोरोना महामारीका बेला स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ। हालको अवस्थामा स्वास्थ्य मन्त्रालय कुन पार्टीको भागमा पर्ने भन्ने पनि टुंगो लागेको छैन।

प्रकाशित : बुधबार, साउन २०, २०७८१७:१७

सङ्क्रमण चार हजार नाघ्यो !