यी बलिउड कलाकारले स्क्रिनमा रोमान्स पनि गरे, दिदी-भाइ, दाजु-बहिनीको भूमिका पनि निभाए !

एजेन्सी – चलचित्रमा कलाकारहरुले निभाउने भूमिकाले दर्शक माझ लामो समय सम्म छाप छाड्छ। चलचित्रमा रोमान्टिक भूमिका निभाउने जोडीलाई दर्शकहरु कहिले काहीँ वास्तविक्तामै जोडी सम्झिन्छन्। तर सधै त्यस्तो कहाँ हुन्छ र ? कलाकारहरु कथाले मागेअनुसार भिन्न-भिन्न भूमिकामा देखिनुपर्ने हुन्छ। एक चलचित्रमा जोडी बनेर देखापरेका कलाकार अर्को चलचित्र एक-अर्काका विरोधी भएर पनि देखिनुपर्ने हुन्छ।

त्यस्तोमा एक चलचित्रमा जोडीको रुपमा देखिएका कलाकार अर्कोमा दाजु-बहिनी, दिदी-भाइको रुपमा पनि देखिन्छन्। बलिउडमा पनि यस्तो भएको केहि उदाहरण छन्। एक चलचित्रमा रोमान्स गरेर अर्को चलचित्रमा दाजु-बहिनी, दिदी-भाइको भूमिका निभाएका कलाकार निम्न छन्।

तुषार कपूर – करीना कपूर

तुषार कपूरले फिल्म ‘मुझे कुछ कहना है’ मा करीना कपूरसँग रोमान्स गरेका थिए। त्यसपछि दुवै ‘गोलमाल रिटर्न्स’मा दिदी-भाइको रूपमा देखिए। जे होस्, ‘गोलमाल रिटर्न्स’ धेरै सफल चलचित्र साबित भयो।

शाहरुख खान – ऐश्वर्या राय

शाहरुख खान र ऐश्वर्या रायले धेरै रोमान्टिक भूमिका निभाएका छन्। दुबैको केमिस्ट्री दर्शकले मन पराएपनि। तर सन् सन् २००० मा आएको चलचित्र ‘जोश’मा शाहरुख र ऐश्वर्या दाजु बहिनीको भूमिकामा देखिए।

अक्षय कुमार – जुही चावला

अक्षय कुमार र जुही चावला फिल्म ‘खिलाडी’ मा एक रोमान्टिक जोडीको रूपमा देखिएका थिए। फ्यानहरुलाई यो जोडी धेरै मन पनि परेको थियो। पछि चलचित्र ‘एक रिश्ता: द बोन्ड अफ लव’मा अक्षय र जुही दिदी भाइको भूमिकामा देखा परे।

दीपिका पादुकोण – अर्जुन रामपाल

अभिनेत्री दीपिका पादुकोणले आफ्नो पहिलो फिल्म ‘ओम शान्ति ओम’ मा अर्जुन रामपालको प्रेमीको भूमिका निभाएकी थिइन्। तर, पछि चलचित्र ‘हाउसफुल’ मा दीपिकाले अर्जुनकी बहिनीको भूमिका निभाएकी थिइन्।

अमिताभ बच्चन – हेमा मालिनी

धेरै चलचित्रमा रोमान्स गरेका अमिताभ बच्चन र हेमा मालिनीको केमेस्ट्री ‘वीर जारा’, ‘देश प्रेमी र ‘बागबान’ मा देख्न मिलेको थियो। तर धेरैलाई थाहा नहुन सक्छ कि चलचित्र ‘गहरी चाल’मा दुवैलाई दाजु बहिनीको रुपमा देखिएको थियो।

प्रियंका चोपडा – रणवीर सिंह

प्रियंका चोपडा र रणवीर सिंह बीच जोडीको रुपमा चलचित्र ‘गुन्डे’ र ‘बाजीराव मस्तानी’ मा राम्रो केमेस्ट्री देख्न मिलेको थियो। तर, चलचित्र ‘दिल धड़कने दो’मा उनीहरुले दिदी-भाइको भूमिका निभाएका थिए।

प्रकाशित : बुधबार, साउन २०, २०७८१९:०९

‘म परिवर्तन हुन्छु, तिमी रमाउनु’ भन्दा आयुष्मानलाई प्रियंकाले कुटाई नपुगेको भनेपछि…..